सञ्जय मिश्रा
रौतहट । विश्वप्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला विधिवत रूपमा शुरु भएको छ । बाराको महागढीमाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मन्दिरमा बड़ा दशैंको घटस्थापनाको दिन पूजा भएसँगै मेला सुरु भएको हो ।
मेला सुरुहुनु केहीदिन अघि मेलाको वैभवको रुपमा शोभायात्रा निकालिएको थियो। मन्दिर परिसरबाट बाजा गाजा हात्ती घोडा ऊँट झाँकी सहित हजारौँ मानिसको सहभागितामा शोभायात्रा निकालिएको थियो ।
मेला सञ्चालन तथा व्यवस्थापन मुल समितिका अध्यक्ष मेयर उपेन्द्र यादवले शोभायात्रा पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अगामी मंसिरमा लाग्ने गढीमाई मेला भर्न आउने भक्तजनलाई सबै प्रकारको सुविधाको लागि समिति प्रतिबद्ध रहेको बताएका थिए ।
बिशेष मेला कहिले देखि सुरु हुन्छ ?
मङ्सिर शुक्ल पक्ष सप्तमी तिथिका दिन झाँक्रीले विधिपूर्वक बिशेष रूपमा तान्त्रिक पुजा गरी पञ्चवलिबाट बली दिने परम्परा रहिआएको छ। सोहि अवधीमा बिशेष मेला सुरुहुन्छ र लाखौं मानिस देशी बिदेशी मेला भर्न आउने गर्दछन्। मेलाको रिपोर्टिङका लागि संसारकै मिडियाका रिपोर्टरहरु बरियारपुर केन्द्रित हुने गर्दछन।
यसपालिको मेलामा ६० लाख भन्दा बढी दर्शनार्थीहरु आउने लक्ष्य लिएको मेलाको प्रवक्ता विजय स्वर्णकारले बताएका छन् । एक महिनासम्म लाग्ने मेलामा नेपाल भारत लगायत सार्क राष्ट्रका श्रद्धालुहरू दर्शन गर्न आउने गर्दछन्। मेलामा मनोरञ्जनका लागि विभिन्न किसिमका ठुला-ठुल्ला खेल तमासा मौतका कुँवा, सरकस , रोटे पिङ लगायत प्रबन्ध गरिएको छ । मेला अवधीमा शान्तिसुरक्षाको लागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयं सेवक लगायत परिचालन गरी व्यवस्था मिलाइएको बाराका सीडीओ शशिधर घिमिरेले बताएका छन् ।
संसारमै सबैभन्दा बढी बली चढाउने भएकाले बाराको वरियारपुर स्थित पञ्च गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ । पशु अधिकारकर्मीहरूले बेला बेलामा पशुबलि प्रथाको विरोध जनाउँदै आए पनि परम्परागत मान्यता अनुसार भाकल पूरा गराउन सर्वसाधारण भक्तजनले बलि दिने गरेका छन् ।
गढीमाई मन्दिरमा मुसा, परेवा, बोका, राँगा र खरायो गरी पाँच जन्तुलाई पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन् । मन्दिरका मूल तान्त्रिक दुखन धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर चढाएपछि गढीमाई मन्दिरमा बलि सुरु हुने गर्दछ। तान्त्रिक दुखन धामीको मृत्यु भएपछी मान्यता अनुसार उनको जेष्ठ छोरा तान्त्रिक उमाशंकर धामी कछाडियाले यस पटक आफ्नो शरीरको निधार, कान, जिब्रो, दाहिने छाती, दाहिने तिघ्रा गरी ५ अंगबाट रगत निकालेर चढाएपछि बलि शुरु हुन्छ ।
अघिल्लो मेलामा ३५ हजार भन्दा बढी राँगा र हजारौंको संख्यामा बोकाको बली दिइएको थियो। बोका, राँगाको बलि नदिने भक्तजनहरुले मन्दिर छेउमै परेवा उडाउने गर्छन् ।
गढीमाई मन्दिरको धार्मिक मान्यता र इतिहास
किम्बदन्ती अनुसार हजारौँ वर्ष पहिले जेल घरमा राति निदाएको बेलामा सपनामा आएकी मकवापुरगढीकी तुलजा भवानी अर्थात गढीमाईले मलाई आफ्नो गाउँमा लैजाउ, अनि मात्र तिमी जेल मुक्त हुनेछौ र तिम्रा सारा दुः ख पीडा समाप्त हुनेछन। हत्या अभियोगमा जेलमैं सजाय भोगिरहेका भगवान दास थारुलाई सपनामा दर्शन दिनु भएपछि जेलमुक्त भएका थारुले भवानीले दिएको त्रिशुल बाराको वरियारपुरमा ल्याएर गाढेका किम्वदन्ती छ । तिनै थारुका वंशजले त्यसै बेलादेखि गढीमाई मन्दिरको रेखदेंख र पूजाआजा गर्दै आएको बताईन्छ ।
देवीकै आदेशअनुसार जेलबाट छुटकारा पाएपछि थारुले फर्किदा ल्याएकोे त्रिसुल बरियारपुर स्थित गाडेका थिए र सोही स्थानमा अहिले गढिमाई मन्दिर रहेको छ । मन्दिरका संस्थापक पुजारी भगवान दाश थारुका सन्तानबाट १० औं पुस्ताका मंगल चौधरी हाल मन्दिरका मुल पुजारी रहेका छन्।
हजारौं वर्षदेखिको किम्बदन्तीले गढीमाई प्रती श्रद्धालु, भक्तजनहरुका लागि आस्था र जनविश्वास बढाएको छ।
गढीमाई कसरी सुरु हुन्छ बली ?
तिथि अनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका मुल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हाँस, सुङ्गुर र राँगा गरी पन्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि पनि वली खुल्ला हुने मन्दिरका मुल पुजारी मंगल चौधरीले बताएका छन् ।
बली सुरुहुनु अघी मान्छेको शरिरको ५ स्थानबाट रगत चढाउने परम्परा रहेको छ। जसलाई नरवली भनिन्छ । रौतहटको गुजरा नगरपालिका सिमरी गाउँका मूल तान्त्रिक दुखन धामीले गढीमाईको विशेष पुजा, आराधानासँगै गढीमाईका मुल पुजारी मंगल चौधरीको साथ मिलेर आफ्नो शरीरबाट रगत निकाली नर वली स्वरुप रगत चढाउँदै आएका छन् ।
केही समय अघि तान्त्रिक धामीको निधन भएपछि मान्यता अनुसार उनको जेष्ठ छोरा उमाशंकर धामी कछाडियाले मूल तान्त्रिकको रुपमा आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर गढीमाई लाई चढाउने उनले बताएका छन्। त्यस अघि मन्दिरमा रातभरी पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा आफै बत्ती बल्छ , बती बलेपछि मात्र पञ्चबलि हुन्छ’- मुल पुजारी मंगल चौधरीले जानकारी दिएका छन् ।
परम्परा र मान्यता अनुसार हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्तिसग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ । शक्ति स्वरुपा देवीलाई खुसी पार्न परापूर्वकालदेखि नैं बली अनिवार्य भएको मानिदै आएको छ । बिश्व प्रसिध्द गढीमाई मन्दिरमा छोरा छोरी प्राप्ति, असाध्य रोग निको पार्न, सुस्वास्थ र दीर्घायुको लागि, धनधान्य प्राप्ति तथा चाहना अनुसार भाकल पूरा हुने हरुले बली दिने गरेको जनविश्वास रहिआएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend