बारा । विश्वप्रसिद्ध गढीमाई मेला मंसिर १ गतेदेखि बारा जिल्लाको बरियारपुरमा सुरु भएको छ ।
पन्चबर्षीय गढीमाई मेला भब्य र सभ्य बनाउनको लागि अहिले मुल समिति र विभिन्न उपसमितिहरुले काम गरिरहेका छन् । गढीमाई मेलालाई भब्य र सभ्य बनाउनको लागि गुरुयोजना(मास्टरप्लान) बनाइएको महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं गढीमाई मेला मूल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले बताए ।
नगरप्रमुख यादवले अनुगमन उपसमितिले अनुगमन गरेपछि मात्र मनोरञ्जन, खुद्रापसल कहाँ राख्ने र त्यसअनुसार नै त्यस्ता सवारी साधन र पसलहरुलाई ब्यवस्थापन गरिने बताए । अहिले गढीमाई मेलामा दर्शनार्थीहरुको भीड दैनिक बढ्दो क्रममा रहेको छ। दैनिक लाखौं दर्शनार्थीले मेलाको अवलोकन गरिरहेकोले मेलामा ब्यवस्थापनमा कुनै कसर बाँकी नरहने गरि समिति र उपसमितिले काम गरिरहेको बताए ।
विश्व प्रसिद्ध गढीमाई मेलामा जसले जुन प्रयोजनका लागि पसल राखेको छ, त्यसबाहेक अन्य सामाग्री बिक्री बितरण गर्न नपाउनेगरी अनुगमन उपसमितिले काम गरिरहेको अनुगमन उपसमितिका संयोजक दिपप्रकाश गुप्ताले बताए । पसल लगाउने बहानामा कसैले पैसा लिएमा अनुगमन उपसमिति कार्वाही गर्न त्यार रहेको समेत उनले बताए ।
विश्व प्रसिद्ध पन्चबर्षीय गढीमाई मेलामा स्वाथ्य क्षेत्रलाई मध्य नजर गर्दै नेपाल मिडिसिटी अस्पताल र फुलकुमारी महतो मेमोरियल अस्पतालल निस्शुल्क स्वास्थ्य शिविर संचालन गर्ने नेपाल मिडिसिटी अस्पतालका डाईरेक्टर बिजय रिमालले बताए । उनका अनुसार मेलामा २४ औं घन्टा चिकित्सक, नर्स लगायतको टोलीले शिविरमा सेवा प्रदान गर्नेछ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend