काठमाडौं । तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वरचन्द्र चौलागाईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले अमिन चौलागाईलाई सेवाग्राहीबाट रु. २० हजार घुस लिइसकेको अवस्थामा सोमबार अपराह्न नियन्त्रणमा लिएको छ ।
चौलागाईको साथबाट घुसको २० हजारसहित स्रोत नखुलेको रु. ३४ हजारसहित काठमाडौं, तारकेश्वर नगरपालिका वडा न. ६ धर्मस्थलीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अमिन चौलागाई तारकेश्वर नगरपालिकाका करारमा कार्यरत थिए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend