Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • आइपिलका हरेक खेलमा खेलाडीले साढे सात लाख म्याच फिस पाउने


    आइतबार, असोज १३ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आउदो सिजनदेखि खेलाडीले हरेक खेलमा साढे ७ लाख भारु म्याच फिस पाउने भएका छन् ।

    भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले अब हरेक खेलाडीले आइपिएलको एक खेलको म्याच फिस साढे ७ लाख भारु पाउने जानकारी दिएका हुन् ।

    आइपिएलका सबै लिग खेल खेल्ने खेलाडीले एक सिजनमा एक करोड ५ लाख भारु फ्रेन्चाईजीसँगको सम्झौता बाहेकको रकम म्याच फिस बापत पाउने भएका हुन् ।

    आइपिएलले म्याच फिसका लागि हरेक फ्रेन्चाईजीलाई एक सिजनमा १२ करोड ६० लाख भारु छुट्याएको सचिव शाहले जानकारी दिएका छन् ।

    शाहले खेलाडीका लागि आइपिएलमा नयाँ युग शुरु भएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार