काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मेगा अक्सनका लागि १५७४ खेलाडी दर्ता भएका छन् ।
नोभेम्बर ४ सम्म खेलाडी दर्ताको समय दिइएकोमा ११६५ भारतीय र ४०९ विदेशी खेलाडी दर्ता भएको आइपिएलले जानकारी दिएको छ ।
दर्ता भएका खेलाडीमा ३२० क्याप्ड खेलाडी रहेका छन् भने १२२४ खेलाडी अनक्याप्ड र ३० खेलाडी एसोसियट्स देशबाट रहेका छन् ।
दर्ता भएका विदेशी खेलाडीमा अफगानिस्तानका २९, अस्ट्रेलियाका ७६, बंगलादेशका १३, क्यानडाका ४, इङल्याण्डका ५२, आयरल्याण्डका ९, इटालीका एक, नेदरल्याण्डसका १२, न्यूजील्याण्डका ३२, स्कटल्याण्डका २, दक्षिण अफ्रीकाका ९१, श्रीलंकाका २९, युएईका एक, अमेरिकाका १०, वेस्ट इन्डिजका ३३ र जिम्बाबेका ८ खेलाडी दर्ता भएका छन् ।
नेपालबाट भने यस पटकको आइपिएलमा कुनै खेलाडी दर्ता भएका छैनन् ।
यी खेलाडीबाट विभिन्न फ्रेन्चाईजीले २०४ खेलाडी चयन हुने छन् । आइपिएलका १० फ्रेन्चाईमा एक टिमले बढीमा २५ खेलाडी राख्न पाउने व्यवस्था रहेको छ ।
आइपिएलको मेगा अक्सन नोभेम्बर २४ र २५ मा साउदी अरेबियाको जेदाहमा हुने भएको छ ।
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend