Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारको बिरोधका बाबजुद सर्वोच्चमा २ न्यायाधीश नियुक्ति सिफारिस


    शुक्रबार, असोज ११ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एशोसिएसनको बिरोधका बाबजुद न्याय परिषदले सर्वोच्च अदालतमा २ न्यायाधीश नियुक्ति सिफारिस गरेको छ ।

    परिषदले उच्च अदालतका मुख्य न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको न्यायपरिषद सचिवालय स्रोतले जानकारी दिएको छ ।

    निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् भने पाण्डे उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुन् ।

    न्यायाधीश पाण्डे गृहमन्त्री रमेश लेखकका नातेदार हुन् । सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री  लेखकका साढुभाइ हुन् । उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।

    नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावलीको संशोधन गैर संवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दबाब दिँदै विरोध गरिरहेका बेला परिषदले न्यायाधीश सिफारिश गरेको छ ।

    नेपाल बार एशोसिएसनले शुक्रबार न्याय परिषद् सचिवालय अगाडि विरोध प्रदर्शन गरिरहेको छ । बारको बिरोध भइरहँदा न्यायपरिषदको बैठक राखेर प्रधानन्यायाधीश बिश्वम्भर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार