Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारी निर्देशन अटेर गरी सनसिटीमा चुनावः बधाई दिन अर्थमन्त्री नै सहभागी !


    मंगलबार, बैशाख २ २०७७
    700
    Shares
  • ३ मिनेट पाठ
  •  

    काठमाडौं, २ चैत ।

    सरकारले २०७६ चैत ५ मा सार्वजनिक समारोह गर्न रोक लगायो । तर चैत ८ मा सनसिटी अपार्टमेन्ट पेप्सीकोलामा २ सय ८५ जना भेला भएर आन्तरिक चुनाव गरेका थिए । अर्थमन्त्री डा. युवराज खतिवडाका छोरादेखि कांग्रेस नेता रमेश रिजाल समेत बस्ने गरेको उक्त अपार्टमेन्टमा चैत ८ मा आन्तरिक चुनाव गरिएको थियो । जुन चुनावमा सोमबार र्यापिट टेष्टमा कोरोना आशंका गरी पाटन अस्पतालमा भर्ना भएका परिवारका आमा, छोरा र बुहारीसमेत सक्रिय सहभागी थिए । उक्त चुनावाबाट निर्वाचित हुनेहरुलाई बधाई दिनका लागि अर्थमन्त्री डा. खतिवडा समेत गएको स्रोतहरु बताउँछन् । यद्यपि उनी गएको भन्ने पुष्टी हुन सकेको छैन ।   

    यस्तो अवस्थामा उक्त चुनावमा भाग लिएका २ सय ८५ जनालाई नै कडा निगरानीसहित सेल्फ आइसोलेसन र सबैको कोरोना टेष्ट जतिसक्दो चाँडो गर्न पेप्सीकोला क्षेत्रमा बसोबास गर्ने कागेश्वर मनोहराकै पवित्रा घिमिरेको माग छ । सनसिटी अपार्टमेन्ट नजिकै घर भएका रामप्रसाद धितालले पनि सामाजिक संजालमा त्यस क्षेत्रका बिगमार्ट र सेल्सबेरीमा सबै गएकाले समुदायमा फैलिने चिन्ता ब्यक्त गरेका छन् । सनसिटीकै अगाडि ग्लोबल डिपार्टमेन्टल स्टोर पनि छ । त्यहाँ पनि धेरै किनमेलका लागि गएका छन् । यूरोपका फ्लाइट बन्द भएपछि उनीहरु चैत ४ गते कतार एयरलाइन्सको क्युआर– ६५२ बाट आएका हुन् ।  ४  गते आएका उनीहरु ८ गते अपार्टमेन्टको चुनावमा भाग लिए । चैत ११ देखि लकडाउन भएकाले उनीहरु पेप्सीकोला आसपासबाहेक अन्यत्र त्यति धेरै नगएको हुनसक्छ । 

    सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने त्यो परिवारका सदस्यले कतिपटक लिफ्ट प्रयोग गरे, बजार गए, त्यसको कुनै हिसाब छैन । उनीहरु लण्डनबाट फर्किएको २७ औं दिन बैशाख १ मा मात्र र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो । अब जनस्वास्थ्य प्रयोगशालामा टेष्ट गर्न बाँकी छ । उनीहरुमा कोरोना पोजेटिभ देखिएमा १४ दिनमा लक्षण देखिने भनिएको कुरा पनि गलत सावित हुने भएको छ ।

    ¥यापिड टेष्टमा देखिए पनि पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आउनसक्ने आशामा सनसिटी अपार्टमेन्ट र पेप्सीकोलाका बासिन्दा छन् । उनीहरु धेरै गम्भीर बिरामी नभएकाले रिपोर्ट पोजेटिभ आउनसक्ने आशामा सनसिटी अपार्टमेन्टका ५ सय जना रहेका छन् । 

    सनसिटी अपार्टमेन्टमा ५ वटा टावर छन् । र, त्यहाँ ५ सय परिवार बस्छन् । ५ सय परिवारमा प्रतिपरिवार ३ जनाका दरले हिसाब गर्दा पनि १ हजार ५ सयभन्दा बढी उक्त अपार्टमेन्टमा बस्छन् । कोरोना आशंकित परिवार ए टावरको १५ औं तल्लामा बस्दैआएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार