कञ्चनपुर । भीमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ इन्जिनियरिङ अटो वर्कसप नजिकैबाट आइतबार सशस्त्र प्रहरीले ५८ लाख ९३ हजार ४ सय रुपैयाँ बराबरका विभिन्न किसिमका सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षाफौजले उक्त सामान बरामद गरेको हो ।
बरामद भएको सामानहरुमा लत्ताकपडा, सवारी साधन तथा मोवाइल पाट्र्स, इलेक्ट्रोनिक्स सामान लगायतका छन् ।
बरामद सामान आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत आइतबार काठमाडौं आएका चीनको...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ५ केजी सेतो हेरोइन बरामद गरेको छ ।लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार थाइल्यान्डबाट काठमाडौँ ल्याएको...
गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ । पहिरोका कारण केही ढुंगा र माटो बूढीगण्डकी...
काठमाडौं । देउँसी भैलो खेल्नेक्रममा सार्वजनिक स्थलमा अश्लिल नृत्य गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रुपन्देही देवदह नगरपालिका-७ का ३० वर्षीय...
काठमाडौँ । जुवा खेल्ने तथा सट्टाबाजी गर्ने गरेको आरोपमा सुर्खेत प्रहरीले ५५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend