काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत आइतबार काठमाडौं आएका चीनको ग्वाङ्दोङका ४२ वर्षीय चिनिायँ नागरिकलाई विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो।उनको पासपोर्ट नम्बर (ER7281701) रहेको छ।
शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकमा बेरेर लुकाइराखेको अवस्थामा दुई थान पहेंलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
भन्सार छली अवैध रूपमा लैजान खोजिएको उक्त पदार्थ बरामद गरी उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
काठमाडौँ । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा आफन्त गुमाएका परिवारसँग सभामुख डीपी अर्यालले सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरमा भेट गरेका छन् । उनले...
धनगढी । बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका-१० को टुमेडामा बिहान साढे १० बजेतिर...
काठमाडौँ। वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी ६ वटा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संघीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा व्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन् । सो...
काठमाडौँ। तीन देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन राजदूतलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend