काठमाडौं । नेपाल प्रहरीमा विगतमा अवकाशको मुखमा पुगेका अधिकृतलाई महत्वपूर्ण जिम्मेवारी नदिने परम्परा थियो । तर पछिल्ला दिनमा गृहमन्त्रीदेखि राजनीतिक हस्तक्षेपले अवकाश अवधि अति छोटो भएका प्रहरी अधिकृतलाई प्रदेशको डीआईजीदेखि जिल्लाको कमाण्ड दिँदा उनीहरुको ध्यान शान्तिसुरक्षा कायम गर्ने र तस्करी नियन्त्रण गर्नेभन्दा पनि कमाउधन्दा संचालन गर्ने हुँदैआएको छ ।
यसैक्रमा आगामी असोज ६ गते अवकाश हुन लागेका मधेश प्रदेशका नेपाल प्रहरीका डीआईजी यज्ञविनोद पोखरेलले जाँदाजाँदै ४२ जुनियर अधिकृत र घुमुवालाई काजसरुवा गरी आर्थिक संकलन अभियान सुरु गरेको आरोप छ ।
उनले विवादित जुनियर अधिकृत र घुमुवाहरुलाई मधेश प्रदेशका सीमानाका र आकर्षक थानाचौकीमा काजमा खटाएको आरोप छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मधेश प्रदेशको डीआईजी हुँदादेखि नै काजफिर्ता र घुमुवा हटाऊ अभियान सुरु गरेका थिए । तर डीआईजी पोखरेलले त्यसबिपरीत अवकाशको मुखमा मधेश प्रदेशका जिल्लामा काजमा घुमुवा परिचालन गरेका छन् ।
महोत्तरीमा विवादित असई बच्चा यादवलाई प्रदेशबाटै घुमुवाका रुपमा खटाइएको छ । महोत्तरीको हलखोरी प्रहरी चौकीका इञ्चार्ज हुँदा असई बच्चा यादवको पेस्तोलबाट गोली प्रहार हुँदा प्रहरी जवान राजेशकुमार साह घाइते भएका थिए । २०८० कात्तिक ३० गते असई यादवले गोली प्रहार गरेको देखिएपछि उनी निलम्बनमा परेका थिए । यादवको निलम्बन फुकुवा गरी उनलाई महोत्तरीको घ्ुमुवाका रुपमा प्रदेशबाटै खटाइएको छ । उनी विगतमा पनि घुमुवाका रुपमा विवादित हुन् । महोत्तरीको सम्सी नाकामा सई परमानन्द यादवलाई खटाइएको छ ।

डीआईजी पोखरेलले अर्को बढी सीमानाका भएको जिल्ला धनुषा हेर्न सई रवि मण्डललाई तोकेको स्रोत बताउँछ । स्रोतका अनुसार मण्डलले ब्यापारीलाई फोन गर्ने र आर्थिक संकलनका लागि प्रहरीहरु प्रताप मण्डल र अजय साह जाने गरेका छन् ।
गौर र सर्लाहीका ब्यापारीसँग कनेक्सन मिलाउने कार्य मोरङमा कार्यरत हवल्दार राजमंगल सिंहले गर्दैआएका छन् । उनी विगतमा पनि रौतहट र सर्लाहीमा कार्यरत रहँदा घुमुवाको रुपमा आर्थिक अनियमिततामा मुछिएपछि सरुवा भएका थिए । उनी महिनाको अन्तिममा १० दिन बिदा लिएर आउने र ब्यापारीसँग डीआईजीको नाम लिएर असुली गर्ने गरेका छन् । सर्लाहीको बागमती चौकीमा बरिष्ठ सई कमल शाहीलाई खटाइएको छ ।
बढी सामान आयात निर्यात हुने भन्सार नाकामा डीआईजीको नाममा आर्थिक संकलन गर्न रौतहटको गौर भन्सारमा असई बृजकिशोर यादव र सर्लाहीको गोरखकाली नाकामा असई सन्जय महतो खटिएका छन् । रौतहटको गौर नाकाबाट शम्भु साहको संरक्षणमा सामान आयात निर्यात गर्ने वर्कत अलीले त डीआईजी पोखरेलसँग तस्वीर नै खिचेर फेसबुकमा पोष्ट गरी पहुँच देखाउन पछि परेका छैनन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend