Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं : एकीकृत समाजवादी


    आइतबार, असार २४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित रहे पनि विश्वासको मत दिने भएको छ ।

    आइतबार पार्टी केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता जगन्नाथ खतिवडाले प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित रहे पनि एकीकृत समाजवादीले विश्वासको मत दिने जानकरी दिएका हुन् ।

    उनले भने- ‘सरकारको बारेमा हामीले केही निर्णय गरेका छैनौं । सुन्दैछौं २८ गते विश्वासको मत लिने निर्णय भएको छ । स्वाभाविक गतिलाई हेर्दा सरकारले विश्वासको मत प्राप्त गर्दैन, सरकार ढल्छ भन्ने देखिन्छ । हामी सरकारलाई विश्वासको मत दिन्छौं ।’

    यसअघि गठबन्धनमा रहेका नेकपा एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी\ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । बहुमत नआउने स्पष्ट हुँदाहुँदै पनि प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डलाई अहिले रास्वपा र एकीकृत समाजवादीले साथ दिने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार