काठमाडौं । एमालेले समर्थन फिर्ता लिइसकेपछि कामचलाउको हैसियतमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता बहिर्गमन हुने सुनिश्चिततासँगै प्रधानमन्त्री कार्यालय अन्तर्गतका राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग जस्ता निकायको आतंकबाट ब्यापारीहरुले थोरै भए पनि राहत महसुस गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयमा प्रमुख स्वकीय सचिवको भूमिकामा रहेकी उनकी छोरी गंगा दाहालले हरेक मन्त्रालयका शाखा अधिकृत र नायबसुब्बाको सरुवामा समेत हस्तक्षेप गरेपछि मन्त्रीहरु नै आजित भएका थिए । त्यसो त गंगाको शक्तिको दुरुपयोगले पार्टीलाई रसातलमा पुर्याउने निष्कर्षका साथ माओवादी नेता हरिबोल गजुरेलले प्रधानमन्त्रीको सल्लाहकार पदबाटै एक बर्षअघि नै राजीनामा दिएका थिए ।
गंगाले बालुवाटरमा गरेको शक्तिको दुरुपयोग विगतमा आरजु राणा र सुजाताको भन्दा बढी चर्को भएको महसुस गर्र्दै हरिबोलले राजीनामा दिएका थिए । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाको नाममा डिपार्टमेन्टल स्टोरमा करोडौं बार्गेनिङ गर्ने उपेन्द्र शाही गंगाबाटै परिचालित थिए । गंगासँग सोझै सम्पर्क भएका र अख्तियारका आयुक्तदेखि अर्थमन्त्री, ऊर्जामन्त्रीसँग ह्यान्डस् फ्रीमा कुरा गर्ने शाहीले यसभन्दा अघिका राजस्व अनुसन्धानका महानिर्देशकहरुको पनि बिचौलियाको रुपमा ब्यापारीसँग डिल गर्ने गरेका थिए ।
गंगाको निर्देशनमै शाहीलाई स्पेस दिंदा आफू विवादमा परेको दुखेसो बुढाले विभिन्न ठाउँमा पोख्दै हिंडेका छन् । राजस्वमात्र होइन, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका यसअघिका महानिर्देशक पुष्प शाही पनि उपेन्द्रकै डिजाइनमा चल्दा विवादमा परेका थिए । उपेन्द्रको सेटिङअनुसार चल्न थालेपछि पुष्प शाही सम्पत्तिमा निकै विवादमा परेका थिए । र, सम्पत्तिमा शाहीको अतिचार बढेपछि बालुवाटारले उनलाई सरुवा गर्न बाध्य भएको थियो ।
बालुवाटारले सरुवा नगरेको भए शाही र बुढा अख्तियार प्रमुख प्रेमकुमार राईको स्टीङ अप्रेसनमा पर्ने निश्चित थियो । तर राज्यब्यवस्था समितिका सभापति रामहरि खतिवडाले संसदमा उपेन्द्र शाहीको चर्तिकला उजागर गरेपछि चक्र बुढा अख्तियारको स्टीङ अप्रेसनबाट बचेका थिए ।
उपेन्द्र शाहीमार्फत् उजुरी लिंदै डीजी पुष्प शाहीले धेरैलाई दिनुसम्म दुःख दिएका थिए । महानिर्देशक शाहीले उजुरीमा मोलतोल गर्ने गोरखधन्दा चलाएका थिए । यो धन्दा हालसम्म पनि रोकिएको छैन ।
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु...
काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएमा छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend