काठमाडौँ । साउदी अरबमा हजका क्रममा अत्याधिक गर्मीका कारण कम्तीमा १४ जोर्डनका नागरिकको मृत्यु भएको छ । जोर्डनका अधिकारीहरूले यो जानकारी दिएका छन्।
जोर्डनको विदेश मन्त्रालयले यसका १४ नागरिकको अत्यधिक गर्मीका कारण गर्मीका कारण मृत्यु भएको र १७ जना बेपत्ता भएको बताएको छ । बेपत्ताहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।
एएफपी समाचार एजेन्सीका अनुसार इरानी रेड क्रिसेन्टले पाँचजना इरानी हज तीर्थयात्रीको पनि मृत्यु भएको पुष्टि गरेको छ तर उनीहरुको मृत्यु कसरी भयो भन्ने बताएको छैन।
एक विज्ञप्तिमा, जोर्डनको विदेश मन्त्रालयले मृत्यु भएकाहरूको परिवारको इच्छा अनुसार मृत्यु भएकाहरूको शव गाड्ने वा स्वदेश फिर्ता गर्ने प्रक्रियामा साउदी अधिकारीहरूसँग काम गरिरहेको बताएको छ ।
हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोह मध्ये एक हो। साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाखभन्दा बढीले यसमा भाग लिइरहेका छन् ।
यस हप्ताको तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ, जसले गर्दा घरबाहिर र पैदल हिँड्ने धेरै अनुष्ठानहरू मानिसहरू, विशेष गरी वृद्धवृद्धाहरूका लागि गाह्रो भएको छ ।
साउदी मौसम विज्ञान केन्द्रका प्रमुख अयमान गुलामले गत हप्ता चेतावनी दिदै यस वर्षको हजमा मक्का र मदिनाको औसत तापक्रम १.५ देखि २ डिग्री सेल्सियसले बढ्ने चेतावनी दिएको छ ।
साउदी प्रेस एजेन्सीले माउन्ट अराफात नजिकैको एक उपचार केन्द्रमा मानिसहरूको स्वास्थ्य बिग्रेका २२५ घटनाहरू रेकर्ड गरिएको जनाएको छ ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend