काठमाडौँ । साउदी अरबमा हजका क्रममा अत्याधिक गर्मीका कारण कम्तीमा १४ जोर्डनका नागरिकको मृत्यु भएको छ । जोर्डनका अधिकारीहरूले यो जानकारी दिएका छन्।
जोर्डनको विदेश मन्त्रालयले यसका १४ नागरिकको अत्यधिक गर्मीका कारण गर्मीका कारण मृत्यु भएको र १७ जना बेपत्ता भएको बताएको छ । बेपत्ताहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।
एएफपी समाचार एजेन्सीका अनुसार इरानी रेड क्रिसेन्टले पाँचजना इरानी हज तीर्थयात्रीको पनि मृत्यु भएको पुष्टि गरेको छ तर उनीहरुको मृत्यु कसरी भयो भन्ने बताएको छैन।
एक विज्ञप्तिमा, जोर्डनको विदेश मन्त्रालयले मृत्यु भएकाहरूको परिवारको इच्छा अनुसार मृत्यु भएकाहरूको शव गाड्ने वा स्वदेश फिर्ता गर्ने प्रक्रियामा साउदी अधिकारीहरूसँग काम गरिरहेको बताएको छ ।
हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोह मध्ये एक हो। साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाखभन्दा बढीले यसमा भाग लिइरहेका छन् ।
यस हप्ताको तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ, जसले गर्दा घरबाहिर र पैदल हिँड्ने धेरै अनुष्ठानहरू मानिसहरू, विशेष गरी वृद्धवृद्धाहरूका लागि गाह्रो भएको छ ।
साउदी मौसम विज्ञान केन्द्रका प्रमुख अयमान गुलामले गत हप्ता चेतावनी दिदै यस वर्षको हजमा मक्का र मदिनाको औसत तापक्रम १.५ देखि २ डिग्री सेल्सियसले बढ्ने चेतावनी दिएको छ ।
साउदी प्रेस एजेन्सीले माउन्ट अराफात नजिकैको एक उपचार केन्द्रमा मानिसहरूको स्वास्थ्य बिग्रेका २२५ घटनाहरू रेकर्ड गरिएको जनाएको छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend