रियाद । पेट्रोलियम पदार्थको भण्डारमा धनी साउदी अरबले अब अर्को ठूलो उपहार पाएको छ ।
साउदी अरबको ठूला तेल कम्पनीको आयोजना पूरा हुन लागेको छ । तर, यसैबेला साउदी कम्पनीले आधुनिक तेलको ठुलो खानी पनि पत्ता लगाएका छन् । साउदी अरबको सामुद्रिक क्षेत्रमा पहिलो पटक लिथियमको भण्डार फेला परेको छ । तेल कम्पनी आरामकोले तेल क्षेत्रमा पाइलट प्रोजेक्ट सुरु गर्दा सो लिथियमको भण्डार फेला पारेको हो ।
अब साउदी अरेबियाले लिथियम सीधै निकाल्नका लागि व्यावसायिक पाइलट कार्यक्रम सुरु गर्ने भएको छ। लिथियमलाई सेतो सुन र आधुनिक तेल पनि भनिन्छ। लिथियम धेरै मूल्यवान मानिन्छ। यसलाई विद्युतीय सवारी साधन र स्मार्टफोनको ब्याट्री बनाउन प्रयोग गरिन्छ। संसारभर यसको राम्रो माग छ।
यस परियोजनाको जिम्मा किंग अब्दुल्लाह विश्वविद्यालय विज्ञान तथा प्रविधिलाई दिइएको छ । स्टार्टअप लिथियम इन्फिनिटी प्रोजेक्ट अन्तर्गत समुद्री क्षेत्रबाट लिथियम निकालिने छ। साउदी मन्त्रीका अनुसार यो आयोजना खानी कम्पनी मादेन र अराम्कोले संयुक्त रुपमा सञ्चालन गरिरहेका छन् । विश्वविद्यालयले लिथियम निकाल्ने नयाँ प्रविधि आविष्कार गरेको छ । तर, कति मात्रामा लिथियम छ भन्ने बारेमा कुनै खुलासा गरिएको छैन, यद्दपी यति चाँही भनिएको छ कि लिथियमका कारण पनि साउदीको अर्थतन्त्र चलयामान हुनेछ ।
आज विश्वभरका देशहरूले जीवाश्म इन्धन सवारी साधनहरू लगातार घटाउँदै छन्। आगामी दशकमा लिथियमको माग जीवाश्म इन्धनको बराबर नै हुने जनाइएको छ । लिथियम ल्यापटप, विद्युतीय सवारी साधन, स्मार्टफोन र अन्य उपकरण बनाउन प्रयोग गरिन्छ। युनाइटेड अरब इमिरेटसका कम्पनीहरूले पनि यस क्षेत्रमा लिथियमको अन्वेषणमा निरन्तर काम गरिरहेका छन्।
विश्वका धेरै देशमा प्रविधिको सहयोगमा नुन पानीबाट लिथियम निकाल्ने काम भइरहेको छ । साउदी मन्त्रीका अनुसार तेल क्षेत्रको नुन पानीबाट लिथियम निकाल्न धेरै खर्च हुने गरेको छ । आगामी दिनमा विश्वभर लिथियमको मूल्य बढेमा साउदी अरेबियालाई फाइदा हुनेछ । साउदी अरबको अर्थतन्त्र विगत केही दशकदेखि पेट्रोलिमय पदार्थमा मात्र निर्भर रहदैँ आएको थियो ।
तर, साउदी अरबले विद्युतीय सवारी साधनको हब बनाउन हरेक वर्ष करोडौं डलर खर्च गरिरहेको छ । साउदी राजकुमार चिन्तित छन् कि आफ्नो देशको तेल भण्डार सकिए अर्थतन्त्र कसरी चल्ने ? त्यसैले साउदीले अर्बौ खर्च गरे लिथियम भण्डार खोजिरहेको छ ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend