रियाद । पेट्रोलियम पदार्थको भण्डारमा धनी साउदी अरबले अब अर्को ठूलो उपहार पाएको छ ।
साउदी अरबको ठूला तेल कम्पनीको आयोजना पूरा हुन लागेको छ । तर, यसैबेला साउदी कम्पनीले आधुनिक तेलको ठुलो खानी पनि पत्ता लगाएका छन् । साउदी अरबको सामुद्रिक क्षेत्रमा पहिलो पटक लिथियमको भण्डार फेला परेको छ । तेल कम्पनी आरामकोले तेल क्षेत्रमा पाइलट प्रोजेक्ट सुरु गर्दा सो लिथियमको भण्डार फेला पारेको हो ।
अब साउदी अरेबियाले लिथियम सीधै निकाल्नका लागि व्यावसायिक पाइलट कार्यक्रम सुरु गर्ने भएको छ। लिथियमलाई सेतो सुन र आधुनिक तेल पनि भनिन्छ। लिथियम धेरै मूल्यवान मानिन्छ। यसलाई विद्युतीय सवारी साधन र स्मार्टफोनको ब्याट्री बनाउन प्रयोग गरिन्छ। संसारभर यसको राम्रो माग छ।
यस परियोजनाको जिम्मा किंग अब्दुल्लाह विश्वविद्यालय विज्ञान तथा प्रविधिलाई दिइएको छ । स्टार्टअप लिथियम इन्फिनिटी प्रोजेक्ट अन्तर्गत समुद्री क्षेत्रबाट लिथियम निकालिने छ। साउदी मन्त्रीका अनुसार यो आयोजना खानी कम्पनी मादेन र अराम्कोले संयुक्त रुपमा सञ्चालन गरिरहेका छन् । विश्वविद्यालयले लिथियम निकाल्ने नयाँ प्रविधि आविष्कार गरेको छ । तर, कति मात्रामा लिथियम छ भन्ने बारेमा कुनै खुलासा गरिएको छैन, यद्दपी यति चाँही भनिएको छ कि लिथियमका कारण पनि साउदीको अर्थतन्त्र चलयामान हुनेछ ।
आज विश्वभरका देशहरूले जीवाश्म इन्धन सवारी साधनहरू लगातार घटाउँदै छन्। आगामी दशकमा लिथियमको माग जीवाश्म इन्धनको बराबर नै हुने जनाइएको छ । लिथियम ल्यापटप, विद्युतीय सवारी साधन, स्मार्टफोन र अन्य उपकरण बनाउन प्रयोग गरिन्छ। युनाइटेड अरब इमिरेटसका कम्पनीहरूले पनि यस क्षेत्रमा लिथियमको अन्वेषणमा निरन्तर काम गरिरहेका छन्।
विश्वका धेरै देशमा प्रविधिको सहयोगमा नुन पानीबाट लिथियम निकाल्ने काम भइरहेको छ । साउदी मन्त्रीका अनुसार तेल क्षेत्रको नुन पानीबाट लिथियम निकाल्न धेरै खर्च हुने गरेको छ । आगामी दिनमा विश्वभर लिथियमको मूल्य बढेमा साउदी अरेबियालाई फाइदा हुनेछ । साउदी अरबको अर्थतन्त्र विगत केही दशकदेखि पेट्रोलिमय पदार्थमा मात्र निर्भर रहदैँ आएको थियो ।
तर, साउदी अरबले विद्युतीय सवारी साधनको हब बनाउन हरेक वर्ष करोडौं डलर खर्च गरिरहेको छ । साउदी राजकुमार चिन्तित छन् कि आफ्नो देशको तेल भण्डार सकिए अर्थतन्त्र कसरी चल्ने ? त्यसैले साउदीले अर्बौ खर्च गरे लिथियम भण्डार खोजिरहेको छ ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend