काठमाडौं । साउदी अरबको एक कम्पनीले नेपाली श्रमिकहरूले पाउने तलब सुविधा लिन बोलाएको छ । साउदीको मोहमद अल मोजिल गु्रप कम्पनी पाँच वर्षपहिले टाट पल्टिएर श्रमिकको पारिश्रमिक नै नदिई नेपाल फर्काइएका ५ सय ७१ नेपालीलाई कम्पनीले बाँकी रहेको तलब लिन आउन अनुरोध गरेको हो ।
रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले अनुसार करिब पाँच वर्षअगाडि कम्पनी टाट पल्टिएर स्वदेश फर्किएका नेपाली कामदारले पाउनुपर्ने तलब सुविधा लिनका लागि दूतावासमा कम्पनीका तर्फबाट अनुरोध आएको र सोहीनुसार सूचना जारी गरिएको छ ।
दूतावासले पनि आफ्नो आधिकारिक फेसबुक पेजबाट एक सूचना जारी गर्दै मोहमद अल मोजिल गु्रप कम्पनीमा काम गरेबापत कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली कामदारहरूलाई सम्पर्क गराई कम्पनीबाट पाउनुपर्ने भुक्तानी सहजीकरण गरिदिन दूतावासमा अनुरोध प्राप्त भएको जनाएको छ ।
दूतावासले प्रकाशित गरेको लिंक प्रयोग गरी यथाशीघ्र आवश्यक विवरण भरी बुझाउन सम्बन्धित सबैमा दूतावासले अनुरोधसमेत गरेको छ । सूचीमा संग्लन भएका व्यक्तिहरूलाई चिनेको वा उनीहरूसँग सम्पर्क छ भने यो सूचना समयमै उनीहरूसम्म पु¥याई सहयोग गरिदिन पनि दूतावासले अनुरोध गरेको छ ।
यसअघि टाट पल्टिएपछि पारिश्रमिकलगायत सुविधा नदिई कम्पनीले कर्मचारी बिदा गरेको थियो । ५ सय ७१ जना नेपाली श्रमिकले सो कम्पनीबाट तलब सुविधा लिन बाँकी छ । कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली कामदारको सूची सार्वजनिक गर्दै सो कम्पनीले उनीहरूलाई बोलाएको दूतावासले जनाएको छ ।
पछिल्लो समय साउदी अरबमा कार्यरत धेरै नेपालीलाई कम्पनीले समयमा तलब नदिएको र अकामा पनि नबनाइदिएर समस्यामा पारेको खबर आइरहेका बेला मोहमद अल मोजिल गु्रप कम्पनीले भने टाट पल्टिएपछि पनि तलब तथा अन्य सुविधा लिनका लागि सम्पर्कमा आउन यसअघि त्यस कम्पनीमा काम गरेका नेपालीलाई बोलाएको र अझै साउदीमा यस्ता इमानदार कम्पनी पनि रहेको पुष्टि गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend