Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेमा सामान्य गिरावट


    बुधबार, जेष्ठ २३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेप्सेमा सामान्य गिरावट आएको छ । साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा रोकिएको छ । त्यस्तै आज स‍ेन्सेटिभ इण्डेक्स  ०.११ प्रतिशतले घटेर ३७१.६१ विन्दुमा कायम भएको छ ।

    आज ३०६ कम्पनीका ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड  २९ लाख ७६ हजार ४९२ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

    आज भगवती हाइड्रोपावर डेभलपेन्टको मात्रै सेयर सकारात्मक सर्किट लागेको थियो भने मनकामना स्मार्ट लघुवित्त वित्तीय र  माइ खोला हाइड्रोपावरको सेयर ९ प्रतिशत बढिले बढेको थियो ।

    कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

    त्यस्तै सीईडीबी हाइड्रो पावर डेभलपमेन्टको १८ करोड,सानिमा माइ हाइड्रोपावरको १६ करोड,पोखरा फाइनान्सको १२ करोड र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको ८ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।

    आज फाइनान्स, उत्पादन, माइक्रो फाइनान्स र म्युचुअल फण्डको समूहको उपसूचक सकारात्मक देखिएका छन् । जसमा म्युचुअल फण्डको सूचक सर्वाधिक ४.९२ प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार