काठमाडौं । कालोसूचीमा परेको जेएमबीडी इन्टरनेशनल कम्पनीले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा खुलेका बन्दोबस्तीका सामान आपूर्तिको बोलपत्र पेश गरिरहेको छ । कालोसूचीमा परेको कम्पनी जेएमबीडी इन्टरनेशनल प्रालिले सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको अवस्थामा पनि प्रहरीमा बोलपत्र पेश गर्ने छुट पाइरहेको हो ।
नेपाल प्रहरीको प्रबन्ध निर्देशनालयले २०८० असोज १८ गते नै सार्वजनिक खरिद अनुगमन कार्यालयमा जेएमबीडीलाई कालोसूचीमा राख्न पत्र लेखेको थियो । प्रहरीको राइट कन्ट्रोल गियर आपूर्ति ३ पटक म्यादथप गर्दा पनि बुझाउन नसकेपछि राजमान मिश्रको जेएमबीडीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।
कालोसूचीमा राखिसकेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयका बिरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । अदालतले अर्को निर्णय नभएसम्म कालोसूचीमा नराख्न दिएको अन्तरिम आदेशकै भरमा मिश्रले प्रहरी र सशस्त्रका ठेक्कामा भाग लिइरहेका छन् । सेटिङ गरी उनले कालोसूचीमा नराख्न अन्तरिम आदेश ल्याएको आरोप छ ।
मिश्रको जेएमबीडी कम्पनीले नेपाली सेनामा धेरै काम गरिरहेको छ । प्रहरीको टेण्डर स्नो आइटम र ब्यारेट क्यापको टेण्डर पनि उनले बिड गरेका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend