Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • ललिता निवासको जग्गा हिनामिना पत्ता लगाउने त्रिताललाई त्रिविको जग्गा खोज्ने जिम्मा


    शुक्रबार, जेष्ठ १८ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ ।

    जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको सदस्यमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी, त्रिविका विज्ञ सदस्य प्राडा प्रेमसागर चापागाईंलाई नियुक्त गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

    समितिको सदस्यसचिव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिवलाई तोकिएको छ ।

    समितिले त्रिविका नाममा विभिन्न ठाउँमा रहेका जग्गामध्ये प्रारम्भिक चरणमा उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य चलअचल सम्पत्तिको खोज तथा लगत सङ्कलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्नेछ ।

    पूर्व सहसचिव त्रितालले ललिता निवासको अतिक्रमित जग्गाको बारेमा अनुसन्धान गरी प्रतिवेदन दिएका थिए । जुन प्रतिवेदनका आधारमा ललिता निवासको जग्गा खोजी भएको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई गृहमन्त्रालयको सचिव हुँदा त्रिताल नेतृत्वमा समिति गठन गरी ललिता निवासको जग्गा खोजी गरिएको थियो । सर्वोच्च अदालतका मूर्धन्य भनिएका न्यायाधीशरु खिलराज रेग्मी, बलराम केसीहरुले समेत हचुवाका भरमा ब्यक्तिकै जग्गा भएको फैसला गरेको ललिता निवासको जग्गा सरकारी हो भन्ने तथ्यसहितको प्रतिवेदन त्रिताल समितिले दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार