काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को गठन जटिल प्रकृतिका अपराध अनुसन्धान गर्नका लागि भएको थियो । रमेश चन्द ठकुरी आईजीपी हुँदा २०६७ मा स्थापना भएको सीआईबीले अन्तर्राष्ट्रिय कल चोरी (भीओआईपी)को गिरोह नै ध्वस्त पारी टेलिकम र एनसेलको अरबौं रकम जोगाउने काम गर्यो ।
ठूला ठूला अपराध गरी पत्ता लाग्न नसकेका फरार अपराधीलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेमा आर्थिक हिसाबले लाभ हुने खालका सानातिना केसमा सीआईबी रुमल्लिन पुगेको छ । सीआईबीबाट सहकारीको अरबौं रकम अपचलन गर्नेहरुबिरुद्ध छानबिन हुन सकेको छैन । किरण बज्राचार्य सीआईबीको प्रमुख भएपछि त सीआईबी झन् बदनाम हुन पुग्यो । ६० किलो सुन तस्करीमा मुछिएका जीवन चलाउनेलाई पक्राउ गरेर छाडिनु र वाल्डो क्यासिनोका संचालक चिनियाँ नागरिक टेरेन्स टीएचसीलाई भगाएपछि सीआईबीको अनुसन्धानमै प्रश्न उठ्यो ।
सुनप्रकरणमा बज्राचार्य विवादमा परेपछि श्यामलाल ज्ञवाली सीआईबीको प्रमुखका रुपमा आए । उनले पनि सीआईबीलाई उद्देश्यअनुरुप हाँक्न नसकेको आरोप लागेको छ । ज्ञवालीले बाल मन्दिरको जग्गा लिज प्रकरणमा क्षेत्राधिकार नाघेर २० जनाबिरुद्ध पक्राउ पूर्जी जारी गरेको होहल्ला गरे पनि एक जना पनि नियन्त्रणमा लिन सकेका छैनन् । यसअघि नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई बासबारीको सरकारी जग्गा गैरकानुनी रुपमा कब्जा गरेको बिषयमा पक्राउ गर्नका लागि सीआईबीबाट सभामुखलाई पत्र लेखियो । तर उनलाई पक्राउ गर्न सीआईबीले सकेन । संघीय संसदमा चौधरी पक्राउ गर्न पत्र लेखेर एआईजी ज्ञवाली अर्को विवादमा परे ।
चौधरी पक्राउ गर्न नसकेका ज्ञवाली बालमन्दिरको जग्गा लिज प्रकरणमा फसेका छन् । पहिले नै पक्राउ पूर्जी ल्याएको समाचार सार्वजनिक गरेर सीआईबीले अर्को हास्यास्पद काम गरेको छ । बालमन्दिरको जग्गा अनियमितता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्ने हो, सीआईबीले होइन । बाल संगठनले बालमन्दिरको जग्गा लिजमा दिएको हो, बिक्री गरेको वा निर्णय गरेर दिएको होइन । लिजमा दिंदा अनियमितता गरेको हो, कीर्ते, ठगी वा जालसाजी होइन ।
जग्गा भाडामा दिंदा प्रचलित नियम कानुन पूरा नगरी अनियमितता गरेको भए त्यो हेर्ने निकाय अख्तियार छ । बचतकर्ताले सहकारीमा जम्मा गरेको अरबौं बचत ठगी गर्नेहरुका बिरुद्ध सीआईबीले केही गर्न सकेको छैन । तर लिजमा दिएको जग्गाको बिषयमा पक्राउ पूर्जी जारी गरेर सीआईबी विवादमा परेको छ ।
बालमन्दिरको जग्गा लिज प्रकरणमा सीआईबीले पक्राउ पूर्जी ल्याई नियन्त्रणमा लिनुपर्नेमा लिन कुनै चासो देखाएको छैन । पक्राउ पुर्जी जारी भएकामध्ये केहीको त मृत्यु भइसकेको छ । मृत्यु भएकाहरुको नाममा पनि पूर्जी जारी कसरी भयो भन्ने प्रश्न उठेको छ । पक्राउ पूर्जी जारी भएकाहरुलाई नियन्त्रणमा लिइएकोबारेमा सीआईबीका कोही पनि बोल्न चाहँदैनन् । अनौपचारिक रुपमा भने उनीहरु भागिसके भन्ने गर्दछन् ।
बालमन्दिरको बिषयमा हात हाल्नुको मुख्य उद्देश्य सीआईबीका केही अधिकृतको बृहस्पति स्कुलका संचालक मारवाडीहरुलाई तर्साउने र असुल्ने रहेको स्रोत बताउँछ । बृहस्पति स्कुलका मात्र होइन, बिशाल ग्रुपकै संचालकहरुलाई समेत तर्साउनका लागि बालमन्दिरको जग्गाको बिषय उछालिएको छ ।
सीआईबीका एसपी होविन्द्र बोगटीले बालमन्दिर जग्गा प्रकरणमा एआईजी ज्ञवालीलाई विवादमा तानेका छन् । एसपी बोगटीले बालमन्दिर जग्गा लिज प्रकरणमा बृहस्पति विद्यासदनका श्रद्धा संघाई, सिद्धार्थ केडिया, अभिनव सिरोहियादेखि बिशाल ग्रुपका संचालकहरुसँग दिनदिनै भेट्ने र मोलतोल गर्ने गरेको आरोप छ । श्रद्धा संघाई, सिद्धार्थ केडिया र अभिनव सिरोहियाका बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । एकातिर मिडियामा बदनाम गराउने र अर्र्कोतिर मारवाडीसँग बार्गेनिङमा उनी तल्लीन रहेको सूचना अख्तियार दुरुपयोग अनुसन्धानमा पनि पुगेको छ । मारवाडी तर्साएकोबारेमा अख्तियारमा सूचना पुगेपछि बालमन्दिर प्रकरणमा सीआईबीका अधिकारीको निगरानी गरिरहेको आयोगका एक उच्च अधिकारीले बताए ।
त्यसो त बोगटी जहाँ हुँदा पनि विवादमा परेका अधिकृत हुन् । यसअघि किरण बज्राचार्य सीआईबीको प्रमुख हुँदा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई पक्राउ गराउने भूमिका पनि बोगटीकै रहेको स्रोत बताउँछ । गोरखा घर भएकाले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको निकै निकट भएका थिए बोगटी । त्यही सम्बन्धका आधारमा बज्राचार्यलाई समेत प्रभावमा पारी उनले न्यौपानेलाई पक्राउ गरेका थिए ।
प्रभु बैंकका सीईओ अशोक शेरचनको डिजाइनमा बोगटीले न्यौपानेलाई पक्राउ गरेपछि बैंकर्स एशोसिएसन नै बिरोधमा उत्रिएको थियो । राष्ट्रबैंकले समेत बैंकर्सलाई पक्राउ गर्ने सीआईबीको कार्यप्रति असन्तुष्टि जनाएको थियो । जीवन चलाउनेलाई पक्राउ गरी छाड्नमा पनि बोगटी पनि उत्तिकै संलग्न रहेको स्रोत बताउँछ ।
यसैबीच, भारतीय दूताबाससँग निकै राम्रो सम्बन्ध भएका राई स्कुलका संचालक कीर्ति पाण्डे प्रहरीका उच्च अधिकारीसँग सुमधुर सम्बन्ध रहे पनि पक्राउ पूर्जी जारी भएपछि उनी आत्तिएका छन् । पाण्डेले कतिपय प्रहरी अधिकृतका छोराछोरीलाई राई स्कुलमा निःशुल्क र भारतीय दूताबासमा रहेको केन्द्रीय विद्यालयमा पढाउने भूमिका खेल्दैआएका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend