Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डेरामा बसेका विद्यार्थीलाई कीर्तिपुर नगरपालिकाले राहत दिने


    शुक्रबार, चैत्र २८ २०७६
    900
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौ, २८ चैत । डेरामा बसिरहेका विद्यार्थीहरूलाई कीर्तिपुर नगरपालिकाले राहत दिने भएको छ।

    नगरपालिकाले शुक्रबार  सूचना जारी गर्दै डेरामा बस्ने तथा खाद्यान्नको समस्या भएका विद्यार्थीहरूलाई राहतका लागि फारम भर्न आग्रह गरेको हो।

    'घर जान नपाएका र खाद्यान्नको समस्या भएका विद्यार्थीहरूलाई पनि राहत दिन लागेको हो,' मेयर रमेश महर्जनले भने,'हामीले सकेसम्म भोलि वा पर्सिसम्म सबैको नाम दिन भनेका छौं।'

    नगरपालिकाले वेबसाइटमा राखिएको फारम भरी वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ।

    विद्यार्थीहरूले आफ्नो परिचयपत्र र नागरिकताको प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार