Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • कोरोना कहर : दक्षिण एसियामा मृत्यु हुनेको संख्या ३ सय ३६, संक्रमित १२ हजार नाघ्यो


    शुक्रबार, चैत्र २८ २०७६
    750
    Shares
  • २ मिनेट पाठ
  •  काठमाडौं, २८ चैत । कोरोन भाइरसबाट दक्षिण एसियामा मृत्यु हुनेको संख्या   ३ सय ३६ पुगेको छ । दक्षिण एसियामा यो भाइरसबाट भारतमा सबैभन्दा धेरैको मृत्यु भएको जोन्स हप्किन्स युनिभर्सिटीमा उल्लेख गरिएको छ । 

    भारतमा अहिलेसम्म यो भाइरसबाट मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । त्यस्तै पाकिस्तानमा अहिलेसम्म ६६ जना मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ । अन्य दक्षिण एसियाली मुलुक बंगलादेशमा २१, अफगानिस्तानमा १५ र श्रीलंकामा सात जनाको यो भाइरसबाट मृत्यु भएको छ । माल्दिभ्स, नेपाल र भुटानमा भने यो भाइरसबाट कसैले पनि मृत्यु भएको छैन ।

    दक्षिण एसियामा संक्रमित हुनेको संख्या पनि १२ हजार नाघिसकेको छ । सबैभन्दा बढी प्रभावित मुलुक भारतमा यो भाइरसका संक्रमितको संख्या छ हजार सात सय २५ पुगिसकेको छ । त्यस्तै पाकिस्तानमा संक्रमित चार हजार छ सय पुगेका छन् । अन्य मुलुकहरुमा अफगानिस्तानमा चार सय ८४, बंगलादेशमा तीन सय ३०, श्रीलंकामा एक सय ९०, माल्दिभ्समा १९, नेपालमा नौ र भुटानमा पाँच जनामा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार