काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेपनि समाधानका लागि नेताहरुको दौडधूप जारी छ ।
यही क्रममा शुक्रबार पार्टी मुख्यालय धुम्बाराहीमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेट गरेका छन् ।
यसअघि प्रचण्डले कार्तिक २८ गते १९ पृष्ठको प्रस्ताव पेश गरेपछि नेकपाको विवाद चुलिएको थियो । त्यसअघि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले सो प्रस्तावको बुँदाबुँदामा जवाफ दिने भन्दै १० दिनको समय मागेका थिए ।
तर, नेकपाका दोस्रो तहका नेताहरुले विवाद बढेको भन्दै यो १० दिनलाई ‘कुलिङ पिरियड’ को रुपमा लिइरहेका छन् । यो अवधिमा दुई अध्यक्षबीचको असमझदारीलाई हटाउने भन्दै सक्रिय हुने नेतामा महासचिव विष्णु पौडेलको नाम अग्रपंक्तिमा छ ।
आगामी मंसिर १३ गते बस्ने सचिवालय बैठकमा पुरानै तिक्कता र अप्रिय वातावारण नहोस् भनेर पौडेल दुवै अध्यक्षसँग निरन्तर सम्वादमा रहेको बताइएको छ । प्रचण्डसँगको भेटपछि महासचिव पौडेलले परिस्थिति गम्भीर रहेको प्रतिक्रिया दिएका छन् ।
महासचिवसँगको भेट सकेपछि अध्यक्ष प्रचण्डले नेता नेम्वाङसँग भेट गरेका हुन्। नेम्वाङसँगको भेटमा प्रचण्डले अहिलेसम्म एकताको डोरी नचुडिएको बताएका छन्।
नेता नेम्वाङका अनुसार प्रचण्डले पार्टीभित्र केही गम्भीर विवाद देखिए पनि एकताको डोरी नचुडिएकाले यसलाई सम्हाल्दै लानुपर्ने बताएका हुन्। प्रचण्डले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई गम्भीर विवाद भए पनि एकताको डोरी भने नचुडिएको सन्देश दिएका हुन्।
प्रचण्डसँगको भेटमा नेता नेम्वाङले स्थायी कमिटीले गरेको निर्णय अनुसार पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको बताए।
भेटमा पार्टीलाई स्थायी कमिटीले गरेका निर्णयका आधारमा एकजुट बनाएर अघि बढ्नुपर्ने र त्यसको विकल्प नभएको बताएको उनले सुनाए।
पार्टी नेतृत्व विवादमा अल्झिएका बेला प्रचण्डको प्रस्तावपछि नेकपाको विवाद थप पेचिलो बनेको हो ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend