Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • पार्टी एकताको लागि मन्त्री पद छोड्न तयार छु: पर्यटनमन्त्री भट्टराई


    बिहिबार, मंसिर ४ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वीरगञ्ज । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टी एकताको लागि मन्त्री पद छोड्न तयार रहको उद्घोष गरेका छन् । 

    आज पर्सामा आयोजित पार्टी कार्यालय वीरगञ्जमा नेता कार्यकर्ताहरुसँगको भेटमा उनले सरकार पुनर्गठन गर्दा पार्टीभित्रको विवाद अन्त्य हुने अवस्था आए राजीनामा दिन तयार रहेको बताएका हुन् ।

    नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले पार्टीभित्रको अन्तर्विरोधका बेला कसैलाई साथ नदिएर कार्यकर्ताले दबाब सिर्जना गर्न सक्ने बताए । पार्टी दक्षिण वा उत्तरको सक्रियताले फुट्ने वा जुट्ने नभई नेता कार्यकर्ताको हातमा नै पार्टीको भविष्य रहेको भट्टराईले बताए ।

    कसैले जोगाउँछु र सक्छु भन्दैमा पार्टी जोगिने र सकिने नहुने भन्दै मन्त्री भट्टराईले थपे ‘हिमालपारीको खुसामदले जोडिने वा मैदान पारीको सक्रियताले टुट्ने पार्टी होइन । फुट्ने कि जुट्ने नेकपाको नेता कार्यकर्ताको हातमा छ ।’

    कार्यकर्ताहरुलाई पार्टीको अन्तर्विरोधमा पेट्रोल नछर्कन पनि उनले आग्रह गरे ।

    इतिहासकै कठिन क्षणमा पार्टी रहेको बताउँदै उनले कठिनाईलाई पार गर्दा १०/२० वर्ष केही नहुने दावी गरे । सरकार पार्टी सञ्चालन गर्दा नेतृत्वबीच समझदारी र छलफल आवश्यकता रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार