Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • नेकपा हिमालपारीको संकेतबाट जुट्ने वा मैदान पारीको सक्रियताबाट फुट्ने पार्टी होइनः मन्त्री भट्टराई


    बिहिबार, मंसिर ४ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चीन वा भारतको इशारामा जुट्ने र फुट्ने पार्टी नभएको प्रष्ट पारेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–घरेलु (नेपाली) बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी नेकपा । यसको बिकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रबिधिको प्रयोग गरिएको छैन । नेकपा जैविक र नेपाली बिशेषताको मौलिक पार्टी हो । यसको बिकास वा बिनास यसैभित्र अन्तरनिहीत छ ।

    ‘हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सक्रियताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधी हो । अरु कसैमा यो उक्ति लागु हुनसक्छ । त्यो उनीहरुले नै जान्ने कुरा हो । एमाले र माओवादीबीचको एकताबाट बनेको नेकपा बिभाजनको इतिहासलाई क्रमभङ्ग गरी एकताको इतिहास निर्माणको परिणाम हो ।

    नेकपाका युवानेता भट्टराईले नेकपाका हरेक सदस्यका हातमा पेट्रोल र पानी छ । पेट्रोलले ऊर्जा दिन्छ भने पानीले ऊर्जा र जीवन दुवै दिने कुरा उल्लेख गरेका छन् । ऊर्जामात्र होइन, जीवनसमेत दिने पानी हरेकले आफ्नो हातमा बोक्नुपर्छ । अर्थात् हरेकले पार्टी एकता बचाउन भूमिका खेल्नुपर्छ भन्ने कुरासमेत उल्लेख गरेका छन् । उनले लेखेका छन्–यो सत्य हो अहिले नेकपाको हर सदस्यले सर्वाधिक कठिन क्षण भोगिरहेका छन् । यो अवस्थामा प्रत्येक सदस्यका दुई हातमा पानी कि पेट्रोल ?

    पेट्रोलले उर्जा दिन्छ । 
    पानीले उर्जा र जीवन
    नेपालमा पानीका मुहान सुकेका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार