Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • देश र जनतालाई धोका दिने कुकर्ममा कोही नलागौं : नेता रावल


    बुधबार, मंसिर ३ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । यो अवस्थामा नेकपाका नेताहरु शीर्ष नेतालाई खबरदारी गरिरहेका छन् ।  स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुटाएर देश र जनतालाई धोका दिने र पार्टीप्रति गद्दारी नगर्न आग्रह गरेका छन् ।

    पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलले पार्टीभित्रको विवाद नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालनाबाट मात्रै हुने बताएका हुन् । नेता रावलले बैठकबाटै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।

    नेकपामा विवाद बढिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेकपाका अर्का स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने सामाजिक सञ्‍जालमा ‘सर्वाधिक कठिन समय’ भनेर लेखेका छन् ।

    यसैबीच बुधबार दिउँसो एक बजेका लागि तय भएको सचिवालय बैठककै समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बालुवाटार स्रोतका अनुसार मंगलबार राति मन्त्रीहरुलाई बैठकबारे जानकारी दिइएको थियो । तर, बैठकका एजेण्डाबारे मन्त्रीहरु पनि जानकार छैनन् । मन्त्रिपरिषद् बैठक प्राय: सातामा सोमबार र बिहीबार बस्ने गरेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार