Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • सांसद प्रदिप पौडेलको प्रश्न- लडाई जारी रहेका बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो ?


    सोमबार, चैत्र १९ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले रुसमा श्रम स्वीकृति खुलाएको भन्दै विरोध गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले रुसी सेनामा नेपालीहरु भर्ना भएको विषयमा मुकदर्शक भएको बेला श्रम स्वीकृति खुलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

    सांसद पौडेलले रुसमा श्रमिकको रुपमा गएर सेनामा भर्ना गराउन खोजिएको त होइन भन्दै प्रश्न गरेका छन् ।

    उनले भने- ‘रुसमा युद्ध भइरहेको छ, हामी सबैलाई थाहा छ । नेपाल सरकारले नेपाली जनतालाई कडाइका साथ रुस नजान भन्नु पर्ने ठाउमा  श्रम मन्त्रालयले श्रम स्वीकृति खुलाएको छ । यति नै बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो ? यस भित्र गम्भीर स्वार्थ लुकेको हामीले देखेका छन् ।’

    उनले रुसी सेनामा भर्ना भएर मृत्यु भएका परिवारलाई डिएनए परिक्षण गर्ने क्रममा आफन्तलाई सरकाले पिडादिएको आरोप समेत लगाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार