Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रुसी सेनामा कार्यरत थप एक नेपालीकाे मृत्यु


    बुधबार, पुष ४ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुसी सेनामा कार्यरत थप एक जना नेपालीकाे मृत्यु भएकाे छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको मृत्यु भएकाे परराष्ट्र मन्त्रालयले पुष्टि गरेकाे हाे ।

    मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जनाएको छ । उनकाे मृत्यु भएसँगै मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ ।

    मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भएर निधन भएका नेपाली नागरिकहरुको शव नेपाल पठाउन र घाइतेलगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः आग्रह गरेको छ ।

    यस्तै नेपाल मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल फर्काउन राजदूतमार्फत रुसी सरकारलाई अनुराेध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार