Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महालेखा परीक्षकमा तोयम राया सिफारिस


    आइतबार, चैत्र १८ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संवैधानिक परिषदले महालेखा परीक्षकमा सचिव तोयम रायालाई नियुक्तिका लागि सिफारिस गरेको छ । सचिव राया राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुखका रुपमा कार्यरत छन् ।

    गएको २०८० जेठदेखि रिक्त महालेखा परीक्षकमा सार्वजनिक सूचना आह्वान गरिए पनि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद बैठकले रायालाई नियुक्ति सिफारिस गरेको हो ।

    संसदीय सुनुवाइबाट अनुमोदन भएपछि उनलाई राष्ट्रपतिले नियुक्ति गर्नेछन् । राया ४ बर्षअघि २०७६ भदौमा सचिव बढुवा भएका थिए । उनको ५ बर्षे पदावधि पुग्न ५ महिना पनि छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार