Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • १३ सय रुपैयाँले घट्यो सुनको मूल्य


    शुक्रबार, चैत्र ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।

    बिहीबारको तुलनामा शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    बिहीबार तोलामै २६ सयले बढेर प्रतितोला छापावाला सुन १ लाख २७ हजार ८०० र तेजाबी सुन प्रतितोला १  लाख २६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५५ ले घटेर १ हजार ५०० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार