काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह मुखले ऐन, नियम र बिधि पद्धतिको कुरा गर्दछन् । तर ब्यवहारमा उनले मन्त्रालयमा पदबहाली गरेदेखि ऐन, नियमबिपरीत काम गर्दैआएका छन् ।
गएको भदौ ८ गते सामान्य प्रशासन मन्त्रालयमा हाजिर भएका सिंहले गृहमन्त्रालयमा हुँदाको टीमलाई ल्याएर कर्मचारी प्रशासनदेखि बढुवा शाखामा राखी आफ्ना स्वार्थ अनुसारका सरुवा गराउँदैआएका छन् । सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी हुँदाहुँदै उनले गृहबाटै लानुपर्ने कारण सरुवामा आर्थिक चलखेलकै लागि भएको आशंकालाई बल पुगेको छ ।
गृहमन्त्रालयमा सचिव सिंहको टीममा रहेका अधिकृतद्वय कुलशेखर अर्याल र लक्ष्मी शाहीलाई उनले सामान्यमा पनि ल्याएर महत्वपूर्ण ठाउँमा राखेका हुन् । गृहमन्त्रालयबाट सरुवा भएपछि सचिव सिंहले नै लक्ष्मी शाहीलाई अध्यागमन कार्यालय एयरपोर्टमा सरुवा गरेका थिए । अध्यागमनमा भिजिट भिसाको चलखेल चर्किएपछि उनलाई सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखामा ल्याएर राखिएको छ ।
गृहमन्त्रालयको कर्मचारी प्रशासनमा राखिएका अधिकृत कुलशेखर अर्याललाई सामान्यमा ल्याएर कर्मचारी प्रशासनकै जिम्मा दिइएको छ । गृहको कर्मचारी प्रशासनमा पनि सचिवको निर्देशनमा सरुवामा चलखेल गरेका अर्यालले सामान्यमा पनि त्यही गरिरहेको आरोप छ । सिंह संचार तथा सूचना प्रबिधि मन्त्रालयमा हुँदा उनका निकट अधिकृत हरिशरण न्यौपानेलाई पनि सामान्यमा ल्याएर कर्मचारी प्रशासन शाखामै राखिएको छ । संचारमा कार्यरत रहँदा न्यौपाने टेरामक्सको टिप्पणी उठाउने अधिकृत हुन् ।
सुशासन र पारदर्शीताको भाषण गर्ने, कर्मचारी अतिरिक्तमा राख्दिनँ भन्ने सचिव सिंहले वन समूहका कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयमा ल्याएर २ बर्षदेखि काजमा राखेका छन् । लुम्बिनी प्रदेशको वन मन्त्रालय अन्तर्गतका कृष्णबहादुर केसी २०७८ फागुन ५ मा सामान्य प्रशासन मन्त्रालयमा काज सरुवा भएका हुन् । उनलाई ३ महिनाका लागि काजमा ल्याइएकोमा २ बर्षदेखि सामान्यमै राखिएको छ । वन समूहको कर्मचारीलाई सामान्य प्रशासनमा २ बर्षदेखि विना औचित्य काजमा राखिएको छ ।
३ महिनाका लागि काजसरुवा भई सामान्यमा आएका उनलाई २ बर्षसम्म फिर्ता गरिएको छैन । सचिव सिंहले नै उनलाई नियम कानुनबिपरीत काजमा राखिरहेका छन् । सचिव सिंहले मन्त्रालयमा भेगीय र कांग्रेसनिकट कर्मचारीलाई बढी प्राथमिकता दिने गरेको आरोप छ ।
यो पनि पढ्नुहोस्
२०७९ पुस १० मा रवि लामिछाने पहिलो पटक गृहमन्त्री हुँदा सचिव विनोदप्रकाश सिंह नै थिए । सिंहले नै राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रूजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णयमा हस्ताक्षर गराएर रविलाई विवादमा ल्याएका थिए ।
नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएपछि उक्त निर्णय खारेज गरेर सचिव सिंहलाई गृहबाट सरुवा गरिदिएका थिए । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले सिंहलाई गृहमन्त्रालयको सचिवमा लगेका थिए । खाँण भूटानी शरणार्थीलाई नेपाली बनाएर अमेरिका पठाउने घटनामा मुछिएर थुनामा बसी केही महिनाअघि रिहा भएका छन् ।
यसैगरी, यसअघिकी सामान्य प्रशासन मन्त्री अनितादेवी साहले स्वकीय सचिवमा राखेका कमल चुडाल, सल्लाहकार भनेर बोर्ड राखी विवाद भएपछि झिकिएका बुद्धि न्यौपानेसहितले मन्त्रीबाट हट्ने अन्तिम दिन फागुन २० सम्म सरुवा गरिदिने भनेर ५ हजारसम्म असुली गरेका थिए । फागुन २० मा मात्रै १७ जनाको सरुवा आर्थिक संकलन गरी गरिएको छ ।
पर्साको एक पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका राज कुशवाहा फागुन २० गते मन्त्रालयको परिसरमा ‘आज निर्णय भएन भने मेरो लगानी डुब्छ’ भन्दै बिलौना गरिरहेका थिए । कुशवाहले पालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाउनका लागि रकम बुझाएकाले निर्णय नभए रकम डुब्छ भनेको सहजै अनुमान गर्न सकिन्छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend