काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीदेखि बुटवलको सुप्रिम, बीरगंजको सानो पाइला, काठमार्डौंको स्वर्णक्ष्मीदेखि चितवनको साहारा र जीबी राईले नेपालंजको समानता बचत तथा ऋण सहकारीबाट ७ अर्ब सर्वसाधारणको बचत हिनामिना गरेका गीतेन्द्रबाबु राई(जीबी)बिरुद्ध रेड नोटिस जारी भएको छ ।
पोखरा सूर्यदर्शन सहकारीदेखि नेपालगंजको समानता सहकारीको निक्षेप अपचलन गरेको कसुरमा अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’ बाट उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरी प्रवक्ता (डीआईजी) भीम ढकालले जानकारी दिएका छन् । यसअघि १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।
डिफ्युजन नोटिसको आधारमा उनी मलेशियामा ‘लोकेट’ भएका हुन् । मलेशियाबाट पक्राउ गरेर नेपाल ल्याउन नेपाल प्रहरीका नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)ले रेड नोटिस जारी गर्न इन्टरपोल महासचिवालयलाई पत्राचार गरेको थियो ।
रेड नोटिस जारी भएसँगै इन्टरपोलमा आबद्ध प्रहरी संगठनलाई अपराधी छिटो ‘डिपोर्ट’ गरिदिने दायित्व बढी हुन्छ । रेड नोटिस जारी गर्न आवश्यक कागजात प्रहरीले यसअघि नै जिल्ला अदालत कास्कीबाट प्रमाणित गराएर इन्टरपोलमा पठाएको थियो ।
सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ घर भएका थान बहादुर बुढामगर, ओखलढुंगा घर भएका पूर्वअध्यक्ष भूपेन्द्र राई र पूर्वसदस्य शिव बहादुर गुरुङविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ । जीबी राईले सहकारी समस्याग्रस्त भएपछि बाजेको सेकुवाका संचालक चेतन भण्डारी र भेपदेखि मल तस्कर पवनकुमार साहको कम्पनी चेनी क्यापिटललाई ललितपुरको भैसेपाटीस्थित २३ रोपनी ७ आना जग्गा बिक्री गरेका छन् । जुन जग्गा बचतकर्ताको रकम अपचलन गरी जीबीले खरिद गरेका थिए ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend