Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जाऊँ जाऊँ लुम्बिनी


    आइतबार, फाल्गुन २० २०८०
    2.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सूर्यवदना घिमिरे पण्डित

    राम र कृष्ण औ बुद्ध मनुष्य देहमा रहे

    गरी सत्मार्गकोकार्य आखिर देवता भए।

    प्राणी अरू कुनै कैल्यै देवत्व पाउँछ कहाँ

    भलो समाजको गर्ने मनुष्य मात्र हो यहाँ ।१

     

    असीको चैत्रको सत्र गते हो सम्झने  दिन

    लुम्बिनीमा पुगौँ हामी चक्रको साधना लिन ।

    ऊर्जाका केन्द्र छन् सात हाम्रो शुष्म शरीरमा

    उर्जाकै शक्तिले चल्ने हामी भित्र छ भावमा ।२

     

    चक्र जगाउने शक्ति मनुष्य मात्रमा हुने

    आत्मबोध गरी बढ्दै शून्यमापूर्णता छुने ।

    अभौतिक सबै चक्र चलायमान देहमा

    खुसी र प्रेमका केन्द्र आनन्दि मन चेतना ।३

     

    कुनै अठोटका पुञ्ज कुनै छन् जोसका धनी

    यी सातै चक्रको काम प्राणयुक्त बनाउनी ।

    ऋषि मुनि थिए हाम्रा योगका गुरु विश्वमा

    प्रवाहज्ञानको धारालुम्बिनी ध्यान केन्द्रमा ।४

     

    आफ्नै विना नचिन्नाले भड्किने मृगझैँ किन

    बुझौँ जन्मनुको अर्थ नफालौँ  व्यर्थ जीवन।

    फर्केलान् खहरे खोला बाँध बाँधी दिएपछि

    बलियो कालको चाल फर्किदैन  गएपछि ।५

     

    जाउँ हामी सबै जाउँ विश्वको शान्ति धाममा

    बन्नेछन् सबका दायाँ शितलो पूर्ण चन्द्रमा ।

    विराट चक्रको ज्ञानअभ्यास ध्यानको पिर्इ

    फर्कौँला ‌ओझिलो बन्दै चक्रको साधना लिर्इ ।६

     

    पाँचहजारका माझ सानिध्य गुरुको हुने

    सातै दिनगरी ध्यान मलदोष सबै धुने ।

    गिनिज बुकमा नाउँ हाम्रो विराट कामले

    चिन्नेछ विश्वले फेरि नेपाल ध्यान नामले ।७

    (कवयत्री घिमिरे जीवन विज्ञानका प्रशिक्षक हुनुहुन्छ)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार