काठमाडौं । नयाँ वर्ष २०८१ सालको पहिलो दिन बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकहरुको चहलपहलमा कमी आएको छ।
२०८१ सालको पहिलो दिन १५ हजार जति पर्यटकहरु लुम्बिनी भ्रमणमा आएको लुम्बिनी विकासका सुचना अधिकृत राजन बस्नेतले जानकारी दिए। गत वर्ष बैशाख १ गते ३८ हजार ५३६ जनाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए। यो नयाँ वर्ष २०८१ सालको पहिलो दिनको तुलनामा ६० प्रतिशतले घटेको कोषले जनाएको छ ।
कोभिडअघिका नयाँ वर्षमा लुम्बिनीमा थामी नसक्नुको भिड हुन्थ्यो। २०७६ सालको नयाँ वर्षको दिन मात्र १ लाख ६ हजार ९९५ जनाले लुम्बिनी घुमेका थिए। त्यस अघि २०७५ को पहिलो दिन १ लाख ९ हजार ५२७ जना लुम्बिनी आएका थिए। २०७४ मा ८३ हजार ९५० जना नयाँ वर्ष मनाउन लुम्बिनी आएका थिए। भुकम्प र नाका बन्दीको प्रभावका कारण २०७३ को नयाँ वर्षमा लुम्बिनी घुम्नेहरुमा कमी आएको थियो।
होटल संघ लुम्बिनीका अध्यक्ष गोबिन्द ज्ञवाली भन्छन्– लुम्बिनीमा आन्तरिक पर्यटकहरुको आगमन कमी हुनुमा बुटवल नारायणगढ सडक विस्तारमा ढिलाई हुनु मुख्य कारण र सडक अस्तव्यस्त हुँदा यात्रा गर्न निकै कठिनाइ छ। जसका कारण भ्रमणमा आउनेहरु नारायणगढ पश्चिम आउन नखोज्ने ज्ञवाली बताउँछन्।
यसैगरी, गत एकहप्ते ध्यान सिविर, लुम्बिनी पिस फेस्टीवल, नेपाल शिक्षक संघको प्रतिनिधिहरुको भेलाले लुम्बिनीमा चहलपहल बढाएको थियो।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend