काठमाडौं । नयाँ वर्ष २०८१ सालको पहिलो दिन बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकहरुको चहलपहलमा कमी आएको छ।
२०८१ सालको पहिलो दिन १५ हजार जति पर्यटकहरु लुम्बिनी भ्रमणमा आएको लुम्बिनी विकासका सुचना अधिकृत राजन बस्नेतले जानकारी दिए। गत वर्ष बैशाख १ गते ३८ हजार ५३६ जनाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए। यो नयाँ वर्ष २०८१ सालको पहिलो दिनको तुलनामा ६० प्रतिशतले घटेको कोषले जनाएको छ ।
कोभिडअघिका नयाँ वर्षमा लुम्बिनीमा थामी नसक्नुको भिड हुन्थ्यो। २०७६ सालको नयाँ वर्षको दिन मात्र १ लाख ६ हजार ९९५ जनाले लुम्बिनी घुमेका थिए। त्यस अघि २०७५ को पहिलो दिन १ लाख ९ हजार ५२७ जना लुम्बिनी आएका थिए। २०७४ मा ८३ हजार ९५० जना नयाँ वर्ष मनाउन लुम्बिनी आएका थिए। भुकम्प र नाका बन्दीको प्रभावका कारण २०७३ को नयाँ वर्षमा लुम्बिनी घुम्नेहरुमा कमी आएको थियो।
होटल संघ लुम्बिनीका अध्यक्ष गोबिन्द ज्ञवाली भन्छन्– लुम्बिनीमा आन्तरिक पर्यटकहरुको आगमन कमी हुनुमा बुटवल नारायणगढ सडक विस्तारमा ढिलाई हुनु मुख्य कारण र सडक अस्तव्यस्त हुँदा यात्रा गर्न निकै कठिनाइ छ। जसका कारण भ्रमणमा आउनेहरु नारायणगढ पश्चिम आउन नखोज्ने ज्ञवाली बताउँछन्।
यसैगरी, गत एकहप्ते ध्यान सिविर, लुम्बिनी पिस फेस्टीवल, नेपाल शिक्षक संघको प्रतिनिधिहरुको भेलाले लुम्बिनीमा चहलपहल बढाएको थियो।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend