Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य


    शुक्रबार, फाल्गुन १८ २०८०
    965
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा जितका लागि नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ ।

    टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

    नेपालका लागि कुशल मल्लले सर्वाधिक अविजित ५५ रन बनाए । मल्लले आरिफ शेखसँग मिलेर पाचौं विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रन बनाएर आउट भएका हुन् । यसअघि गुल्सन झा २६, अनिलकुमार शाह २३, दीपेन्द्रसिंह ऐरी १६, कप्ताज रोहित पौडेल १० रन, करण केसी ७, सोमपाल कामी २ र आसिफ शेख एक रनमा आउट भएका हुन् ।

    बलिङमा नामिबियाका बेन शिकोंगोले सर्वाधिक ३ विकेट लिए । ज्याक ब्रसेलले २, रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्ट इटन र बर्नार्ड स्कोल्जले एकएक विकेट लिन सफल भए ।

    त्यस्तै सुरुवातको दुई खेलमा पराजित नेपाललाई फाइनल पुग्ने सम्भावना कायमै राख्न यो खेल जित्नैपर्ने दबाब छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार