Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्दै


    शुक्रबार, फाल्गुन १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज नामिबियाको सामना गर्दै छ । टियु मैदानमा हुने यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

    नेपालले आफ्नो टिममा आज तीन परिवर्तन गरेको छ । नेपालले आज कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशीलाई आराम दिएको छ भने उनीहरुको ठाउमा अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेखलाई टिममा सामेल गरेको छ ।

    नेपालको प्लेइङ-११: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख ।

    यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ । नेपालले लगातार दुई खेलमा हार बेहोरेर दबाबमा आएको छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार