Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नामिबियाविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल


    मंगलबार, फाल्गुन १५ २०८०
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियाविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

    त्यसपछि नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो । नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ ।

    लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ । त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच छन् ।

    नेपालको प्लेइङ ११

    कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्शन झा र दीपेन्द्रसिंह ऐरी ।

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार