Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टी-२० त्रिकोणात्मक सिरिज: नेपालले आज नामिबियासँग खेल्दै


    मंगलबार, फाल्गुन १५ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् । त्रिभुवन विश्वबिधालय खेल मैदान, किर्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुँदैछ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

    नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

    आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार