Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टालिस्काको निर्णायक गोलमा अल नासर विजयी


    सोमबार, फाल्गुन १४ २०८०
    735
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल शबाबलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई ३-२ गोल अन्तरले पराजित गरेका हुन् ।

    अल नासरको जितमा खेलको ८६औँ मिनेटमा टालिस्काले निर्णायक गोल गरेका थिए । यस खेलमा उनले यसअघि ४६औं मिनेटमा पनि गोल गरेका थिए । त्यस्तै क्रिस्टियानो रोनाल्डोले यस खेलको २१औं मिनेटमा अल नासरले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । त्यसैगरी अल शबाबका लागि यानिक कारास्को र कार्लोसले एक एक गोल गरेका थिए ।

    यस खेलको अतिरिक्त समयको १०२ मिनेटमा अल शबाबका अब्दुल्लाह राडीफले रातो कार्ड पाएका थिए । यो जितपछि अल नासरले महत्वपूर्ण ३ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको अल हिलालसँगको दूरी कम गरेको छ ।

    अल नासरको २१ खेलमा ५२ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा छ । त्यसैगरी एक खेल कम खेलेको अल हिलालको भने २० खेलमा ५६ अंक रहेको छ । त्यसैगरी अल शबाबको २१ खेलमा २४ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार