काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले जीतका लागि नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ ।
आइतबार क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनायो ।
नेपालको सुरुवात राम्रो थियो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । तर नवौं ओभरको तेस्रो बलमा यो साझेदारी टुटेसँगै नेपालले निरन्तर विकेट गुमायो ।
महत्वपूर्ण ९ विकेट गुमाउँदा नेपालको स्कोर ९४ रन मात्र थियो । आठौं नम्बरमा आएका आरिफ शेखले टिकेर खेल्ने प्रयास गरे । उनले सातौं विकेटका लागि भुर्तेलसँग २८ रनको साझेदारी गरे । त्यसक्रममा भुर्तेलले अर्धशतक पूरा गरे ।
तर ३७ औं ओभरको तेस्रो बलमा भुर्तेल ६६ रनमा आउट हुन पुगे । थप १३ रन जोड्दा गुल्सन झा व्यक्तिगत ५ रनमा आउट भए । करण केसीले आक्रामक पारी खेल्दै आरिफसँग नवौं विकेटका लागि ३६ रनको साझेदारी गरे ।
तर ४९औं ओभरको दोस्रो बलमा आरिफ (२२ रनमा) आउट भए भने अर्को ओभरको तेस्रो बलमा बास डि लिडले करणको विकेट लिएपछि नेपाल १७२ रनमा अलआउट भयो ।
त्यस्तै नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्ड्सका आर्यन दत्त र भिभयन किंग्माले समान ३–३ विकेट लिए भने बास डि लिडले २ तथा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend