Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • वाफा च्याम्पियन: नेपाल आज प्यालेस्टाईनसँग भिड्दै


    शनिबार, फाल्गुन १२ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले आज अन्तिम खेल खेल्दै छ ।

    नेपालले आज प्यालेस्टाइनसँग खेल्दै छ । नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् ।
    प्यालेस्टाइनले आफ्नो दोस्रो खेलमा सिरियालाई पराजित गरेसँगै समुह बी बाट नेपाल र प्यालेस्टाइनले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

    अब समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्ने छ भने सिरियाले इराकको सामना गर्ने छ । यो खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।
    त्यसैगरी समुह ए बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ । समुह ए बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार