Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हाटबजारमा नक्कली नोट दिएर सामान खरिद गर्ने एक जना पक्राउ


    बिहिबार, फाल्गुन १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले बाराबाट नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। नक्कली नोटसहित प्रहरीले बाराको बारागढी गाउँपालिका–२ दौरवा टोल बस्ने ३४ वर्षीय दीपेन्द्र माझीलाई पक्राउ गरेको हो।

    प्रहरीले निजगढ नगरपालिका–९ निजगढस्थित हाटबजारमा नेपाली एक हजारको नक्कली नोट दिई सामान खरिद गरिरहेको अवस्थामा माझीलाई पक्राउ गरेको हो।

    पक्राउ परेका माझीको साथबाट एक हजार दरको दुई वटा नेपाली नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका माझीविरुद्ध मुद्दासम्बन्धी कसुर मुद्दा दर्ता अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार