काठमाडौं । बलात्कार मुद्दामा बार्सिलोनाका पूर्वखेलाडी तथा ब्राजिलियन फुटबलर ड्यानी आल्भेस दोषी ठहर भएका छन् । स्पेनको अदालतले आल्भेसलाई दोषी ठहर गरेको हो ।
बार्सिलोनाको एक नाइट क्लबमा एक महिलामाथि बलात्कार गरेको आरोपमा अदालतले आल्भेसलाई दोषी ठहर गर्दै साढे चार वर्षको जेल सजाय सुनाएको हो । विश्व फुटबलकै सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीमध्येका एक आल्भेसमाथि सन् २०२२ को डिसेम्बर ३१ मा बलात्कारको आरोपसहित एक महिलाले उजुरी दर्ता गराएकी थिइन् ।
आल्भेसमाथि स्पेनको एक नाइटक्लबको भीआईपी सेक्सनको शौचालयमा महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । आल्भेसले महिलाको ‘अनिच्छा भए तत्काल प्रतिरोध गर्न सक्ने’ तर्क गरे पनि अदालतले महिलाको सहमति नभएको फैसला सुनाएको हो ।
एक विज्ञप्ति जारी गर्दै अदालतले पीडितको बयानबाहेक अन्य प्रमाणहरूले पनि आल्भेसलाई बलात्कारी प्रमाणित गर्ने जनाएको छ ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend