एजेन्सी। पूर्वी युक्रेनमा दुईवटा मिसाइल प्रहार हुँदा कम्तीमा ६० रुसी सैनिकको मृत्यु भएको छ । यी सैनिकहरू रुसले कब्जा गरेको भागको प्रशिक्षण क्षेत्रमा उपस्थित भएको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार रुसी सैनिकहरू डोनेट्स्क क्षेत्रमा आफ्ना वरिष्ठ कमाण्डरलाई पर्खिरहेका थिए। यस घटनाको भिडियो फुटेजमा ठूलो संख्यामा मृतकहरु देखिन्छन् । एक रुसी अधिकारीले क्षेप्यास्त्र आक्रमणको पुष्टि गरेका छन् तर यससँग सम्बन्धित मिडिया रिपोर्टलाई ‘अति बढाइचढाइ’ गरिएको भनेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका रक्षामन्त्री सर्गेई शोइगुबीच भएको भेटवार्ताभन्दा केही घण्टाअघि यो आक्रमण भएको हो । बैठकमा सर्गेई शोइगुले केही मोर्चामा रुसको सफलताको दाबी गरे। उनले हालै कब्जा गरेको अद्वविका क्षेत्रको बारेमा पनि कुरा गरेका थिए। यद्यपि, उनले डोनेट्स्क क्षेत्रमा भएको घटनाको उल्लेख गरेनन्।
रुसी सेनाको ३६औँ मोटराइज्ड राइफल ब्रिगेडले आफ्नो मेजर जनरल ओलेग मोइसेभलाई ट्रुडोभस्के गाउँ नजिकैको तालिम केन्द्रमा पर्खिरहेको बेला घटना भएको रिपोर्टहरूमा बताइएको छ। आक्रमणबाट बचेका एक सिपाहीले घटनापछि बनाइएको भिडियोमा ब्रिगेड कमाण्डरले उनीहरुलाई खुला आकाशमुनि खडा गरेका थिए ।
त्यति नै बेला कथित रूपमा दुईवटा मिसाइलहरू त्यहाँ खसे, जुन अमेरिकी निर्मित एचआईएमएआरएस प्रक्षेपण प्रणालीबाट प्रहार गरिएको थियो।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend