काठमाडौँ। युक्रेनले रुसले अहिलेसम्मकै ठूलो मिसाइल बम आक्रमण गरेको जनाएको छ। सन् २०२२ को फेबु्रअरीमा आक्रमण शुरु गरेयताकै ठूलो हमला भएको र उक्त हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको युक्रेनले जनाएको छ।
रुसले शुक्रबार बिहानै युक्रेनको राजधानी किभ, ओडेसा, निप्रोपेट्रोभस्क, खार्किभ र ल्भिभमा आक्रमण गरेको थियो। यस आक्रमणमा १६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
युक्रेनी वायुसेनाका प्रवक्ताले एकैपटक यति धेरै मिसाइल आक्रमण आफूले कहिल्यै नदेखेको बताएका छन्।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले आफ्नो हतियार भण्डारबाट लगभग सबै प्रकारका हतियार प्रयोग गरेको बताएका छन्। उनका अनुसार रुसले घर र अस्पताललाई पनि निशाना बनाएको छ।
युक्रेनी वायुसेनाका प्रवक्ताले रुसले आक्रमणका लागि हाइपरसोनिक, क्रुज र ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरेको जसलाई रोक्न गाह्रो भएको बताएका छन्।
वायुसेनाले १५८ क्षेप्यास्त्र र ड्रोनमध्ये ११४ वटा खसालिएको जनाएको छ। जहाँ जहाँ मिसाइल हमला भएको छ, त्यहाँ कालो धुवाँ निस्किरहेको छ। बीबीसी
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend