Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी आक्रमण: ३० जनाको मृत्यु, १६० घाइते


    शनिबार, पुष १४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। युक्रेनले रुसले अहिलेसम्मकै ठूलो मिसाइल बम आक्रमण गरेको जनाएको छ। सन् २०२२ को फेबु्रअरीमा आक्रमण शुरु गरेयताकै ठूलो हमला भएको र उक्त हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको युक्रेनले जनाएको छ।

    रुसले शुक्रबार बिहानै युक्रेनको राजधानी किभ, ओडेसा, निप्रोपेट्रोभस्क, खार्किभ र ल्भिभमा आक्रमण गरेको थियो। यस आक्रमणमा १६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

    युक्रेनी वायुसेनाका प्रवक्ताले एकैपटक यति धेरै मिसाइल आक्रमण आफूले कहिल्यै नदेखेको बताएका छन्।

    युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले आफ्नो हतियार भण्डारबाट लगभग सबै प्रकारका हतियार प्रयोग गरेको बताएका छन्। उनका अनुसार रुसले घर र अस्पताललाई पनि निशाना बनाएको छ।

    युक्रेनी वायुसेनाका प्रवक्ताले रुसले आक्रमणका लागि हाइपरसोनिक, क्रुज र ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरेको जसलाई रोक्न गाह्रो भएको बताएका छन्।

    वायुसेनाले १५८ क्षेप्यास्त्र र ड्रोनमध्ये ११४ वटा खसालिएको जनाएको छ। जहाँ जहाँ मिसाइल हमला भएको छ, त्यहाँ कालो धुवाँ निस्किरहेको छ। बीबीसी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार