Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक


    बिहिबार, फाल्गुन १० २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

    सभापति देउवाले आज ललितपुरको गोदावरीस्थित भिलेज रिसोर्टमा बैठक बोलाएका हुन्।

    महासमिति बैठकमा भएको समुहगत छलफल र समापन समारोह तयारीबारे बैठकमा छलफल हुनेछ।

    महासमिति सदस्यहरूले दिएका सुझावलाई प्रतिवेदन पारित गर्दा कसरी समेट्ने भनेर छलफल गर्न गोदावरी भिलेज रिसोर्टमा बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

    उक्त बैठक केहीबेरमा सुरू हुनेछ। कांग्रेस महासमिति बैठक आज सकिँदैछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार