Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल`ए´


    बिहिबार, फाल्गुन १० २०८०
    630
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ ले क्यानडा–११ विरुद्ध पहिला ब्याटिङ गर्दैछ।

    आज मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर क्यानडाका कप्तान साद बिन जफरले फिल्डिङको निर्णय गरे । घरेलु टिमलाई ब्याटिङको निम्तो दिए ।

    यस तेस्रो खेलमा नेपाली टिममा चार खेलाडी परिवर्तन गरिएको छ । दोस्रो खेल खेलेका विवेक यादव, रिजन ढकाल, किरण ठगुन्ना र मयन यादवलाई परिवर्तन गरिएको हो । उनीहरूका स्थानमा आशुतोष घिरैया, प्रतिश जिसी, सुजन थपलिया र हेमन्त धामीले मौका पाएका छन् ।

    यसअघिका दुईमध्ये दुवै टिमले समान एक खेल जितेका छन् । शृंखला १–१ को बराबरीमा छ । आज विजयी हुने टिमले शृंखलाको उपाधि पनि जित्नेछ ।

    नेपाली प्लेइङ–११

    सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल (विकेटकिपर), बसिर अहेमद, आशुतोष घिरैया, हेमन्त धामी, प्रतिश जिसी, राशिद खान, सुजन थपलिया, सागर ढकाल, साहब आलम र शेर मल्ल ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार