Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महासमिति बैठकको बन्दसत्र सुरु, विभिन्न प्रस्ताव पेस हुँदै


    मंगलबार, फाल्गुन ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत बन्दसत्र सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको हलमा उक्त बन्दसत्र सुरु भएको हो ।

    बन्दसत्र सुरु भएलगत्तै उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव वाचन गरेका छन् । आजै महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव पेस गर्नेछन् ।

    अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, अर्थमन्त्री समेत रहेका प्रवक्ता प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्नेछन् ।

    मन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षले महासमिति बैठकमा प्रस्तुत हुने सा‌‍ङ्गठनिक र राजनीतिक प्रतिवेदनमा चुनावअघि गठबन्धन गर्न नहुने विषयमा जोड दिएका छन् ।

    यस महासमिति बैठक ललितपुरको गोदावरीमा हिजो उद्घाटन भएको हो । बैठक १० गतेसम्म चल्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार