Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • कांग्रेस महासमिति बैठकमा प्रतिवेदनहरु भोलि मात्रै पेश हुने


    सोमबार, फाल्गुन ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको गोदावरीमा सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु भने भोलि मंगलबार बिहान मात्रै पेश गरिने भएको छ ।

    पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान प्रतिवेदनहरु छलफलका लागि पेश हुने जानकारी गराए । बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चारवटा प्रस्ताव पेश हुने मुख्य सचिव पौडेलले उदघाटन सत्रमा जानकारी गराए ।

    पाँचवटा प्रस्ताव महासमिति बैठकमा पेश हुने भनिए पनि मंगलबार चारवटा पेश हुने भएको छ ।

    उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती बारे प्रतिवेदन पेश गर्नेछन् ।

    लेखा संयोजक श्याम घिमिरेको लेखा प्रतिवेदन पेश गरिने समयबारे मुख्य सचिव पौडेलले जानकारी गराएनन् ।

    यसैगरी महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा विवाद कायम रहेकाले तयार भइसकेको छैन । तर पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच आज बिहान भएको छलफलले पनि सहमति पहिल्याउन सकेको थिएन । उदघाटन सत्रपछि फेरिछलफल गर्ने गरी बिहानको बैठक सकिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार