Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल ‘ए’ क्यानडासँग चार विकेटले हार्यो


    आइतबार, फाल्गुन ६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तीन खेलको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ टीम क्यानडासँग ४ विकेटले हारेको छ ।

    नेपाल ए टीमले दिएको २१७ रनको लक्ष्य पछ्याएको क्यानडाले ४९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । क्यानडाका नवनित धलिवलले सर्वाधिक ८० रन बनाए । निखिल दत्त ६७ रनमा अविजित रहे ।

    त्यस्तै नेपालका शाहब आलमले २, रसिद खान, सागर ढकाल, प्रतिश जीसी र बसिर अहमदले समान १-१ विकेट लिए ।

    यसअघि मूलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ टीमले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनाएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार