काठमाडौं । कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट जितेका केलियन एम्बाप्पेले सिजनको अन्त्यमा आफूले क्लब छोडन लागेको जानकारी पेरिस सेन्ट जर्मेन पीएसजीलाई दिएका छन् ।
२५ वर्षीय एम्बाप्पे लिग वान् च्याम्पियनसँगको साथ छाडेर स्पेनिस क्लब रियल मड्रिडमा जाने चर्चा छ तर उनले पीएसजी छाड्न लागेको भन्ने बित्तिकै रियल म्याड्रिड जाने अड्कल काट्न थालिएको हो । पछिल्लो गर्मीको ट्रान्सफर विण्डोमा पनि एम्बाप्पे क्लब छाड्ने चर्चामा थिए ।
उनलाई एक समय पीएसजीको पहिलो रोजाइको टिमबाट निकालिएको थियो । क्लबको एसिया भ्रमणमा एम्बाप्पे टिममा थिएनन् ।
एम्बाप्पेसँग १ वर्षको समय अझै बाँकी छ । जसका कारण उनले क्लब छाडेमा ट्रान्सफर फिको साथमा बिक्री हुनेछन् या त कुनै खेलाडीको आर्थिक पक्ष कटौती हुनेछ ।
पीएसजीले अहिले नै एम्बाप्पेलाई टिम बाहिर राख्न चाहेको छैन । पछिल्लो सिजन लियोनल मेस्सी र नेइमार बाहिरिएपछि पीएसजीको योजना युवा खेलाडीलाई प्रोत्साहन गरि टिम बनाउने छ ।
२०१८को विश्वकप विजेता एम्बाप्पेले एकवर्षमा १७१ मिलियन पाउण्ड कमाइ गर्छन् ।
पीएसजी हाल फ्रान्सको शीर्ष लिगमा दोस्रो स्थानमा रहेको नाइसभन्दा ११ अंक माथि छ । पीएसजीले घरेलु नकआउट प्रतियोगिताको क्वाटरफाइनलमा नाइससँग नै खेल्नेछ ।
फ्रेञ्च च्याम्पियनले अन्तिम १६ च्याम्पियन्स लिगमा प्रतियोगिताको पहिलो चरणमा रियल सोसिडाडलाई २–० ले पराजित गरेको थियो । जसमा एम्बाप्पेले क्लबका लागि सुरुवाती गोल गरेका थिए ।
यहि सिजनमा मात्रै युरोपको शीर्ष लिगमा एम्बाप्पेको यो चौथो गोल हो भने घरेलु लिगमा उनले २० गोल गरिसकेका छन् ।
समग्रमा उनले पीएसजीका लागि २९० खेलमा २४३ गोल र ९३ असिस्ट गरेका छन् ।
१८ वर्षको उमेरमा २०१७ मा उनले मोनाकोसँग हुँदा फ्रेन्च टप फ्लाइटको अवार्ड जितेका थिए ।
उनले मोनाकोको लागि ६० खेलमा २७ गोल र १३ असिस्ट गरेका थिए ।
एम्बाप्पेले २०२१/२२ को सिजनमा नै पीएसजी छोड्न चाहन्थे तर त्यसपछि उनले भविष्यको योजनाको नाम दिँदै २ वर्षको सम्झौता थप गरे ।
तर भनिन्छ, त्यसबेला एम्बाप्पेले १२ महिनाको मात्रै सम्झौता गर्न चाहेका थिए ।
उनलाई साउदी प्रो लिग खेल्ने क्लब अल हिलालबाट पनि राम्रो अफर आएको थियो तर उनी त्यसतर्फ गएनन् । उनलाई अल हिलालबाट २५९ मिलियन पाउण्ड बराबरको अफर आएको थियो ।
उनले गत समरमा पीएसजीबाट एसिया भ्रमणमा पहिलो रोजाइको टिमसँग नखेल्दा उनले क्लब छोड्ने चर्चा सुरु भएको थियो । यसपछि भने पुन उनी पहिलो रोजाइमा पर्दै प्रशिक्षणमा फर्किए ।
२०२२ मा एम्बाप्पेले पीएसजीको सम्झौतालाई कायम राख्दै रियल मड्रिड गएनन् ।
उनले २०२२ को विश्वकप फाइनलमा फ्रान्सका लागि ह्याट्रिक गरेका थिए । तर फ्रान्स अर्जेन्टिनासँग हार्दै उपाधि गुमाएको थियो ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend